धनकुटाका ६ वटा क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनहरूले सर्वसम्मत रूपमा स्ववियुको नेतृत्व चयन हुने सहमति गरेका छन् ।
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको स्थापना दिवसको अबसरमा भएको प्रथम अध्यक्षकप राष्ट्रिय पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विद्यान अधिकारी र प्रबिन लिङथेपलेको टोलीले उपाधी हात पारेको छ ।
ब्वाइज युनियन क्लब र नयाँबस्ती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार निर्विरोध भएका छन् । मङ्गला गाउँपालिका–२, स्थित क्याम्पसको स्ववियुको निर्वाचनका लागि मङ्गलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् ।
अति राष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषित लक्ष्य कुनै न कुनै तरिकाले टापुमाथि नियन्त्रण हासिल गर्ने भन्ने छायाँमा मतदानमा गएको ग्रिनल्यान्डमा यो आश्चर्यजनक परिणाम हो ।
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्तेका वकिलले लागु औषधविरुद्धको घातक कारबाहीका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा सुनुवाइका लागि लगिँदै गरेको छ ।
‘निजीकरण (पहिलो संशोधन विधेयक) २०८१’ प्रतिनिधिसभामा पेस गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सभामा पेस गर्नुभएको हो ।
इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।
साविक राप्तीको जेठो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियुका अध्यक्षमा दिपेशकुमार डिसी सर्वसम्मत चयन हुनुभएको छ। पाँच विद्यार्थी सङ्गठनको सहमतिमा अध्यक्षमा नेविसंंघका नेता डिसी अध्यक्षमा चयन हुनुभएको हो।
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तालिका अनुसार अन्तिम मतदाता नामावली प्रकाशनपछि नेपाल विद्यार्थी संघले सहमति अनुसार माघ ११ गतेपछि भर्ना भएका विद्यार्थीसहितको नामावली प्रकाशन गरेको आशङ्का गर्दै फागुन २६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो ।
सुुकेको रुख काट्ने क्रममा इलामको देउमाई नगरपालिका–५ मा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय २८ वर्षीय प्रेम लिम्बूू रहेका छन् ।
जिल्लाका सबै क्याम्पसमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित भएको छ । जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण चुनाव गराउन नसकिएकाले स्थगित गरिएको नेपाल पब्लिक क्याम्पस संघ, नवलपुरले जनाएको छ ।
पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।
कोशी प्रदेशका विभिन्न स्थानबाट प्रहरीले मङ्गलबार प्रतिबन्धित लागुऔषध सहित १५ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई पक्राउ गरिएको हो।
राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले कृषि पेसामा आधुनिकता ल्याउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको जिल्लास्थित पार्टी कार्यालय विपी स्मृति भवन तम्घासमा भएको नेपाल किसान महासंघ गुल्मीको चौथो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।