• २८ फागुन २०८१, बुधबार

निजीकरण (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभामा पेस

blog

काठमाडौँ, फागुन २८ गते । ‘निजीकरण (पहिलो संशोधन विधेयक) २०८१’ प्रतिनिधिसभामा पेस गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सभामा पेस गर्नुभएको हो । 

यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरुले विरोधको सूचना दिएका थिए । सो सूचना नियणार्थ पेस गर्दा बहुमतले अस्वीकृत भए । सरकारले ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’ ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो ।