कोकिला ढकाल
इलाम, फागुन २८ गते । सुुकेको रुख काट्ने क्रममा इलामको देउमाई नगरपालिका–५ मा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय २८ वर्षीय प्रेम लिम्बूू रहेका छन् ।
स्थानीय चन्द्रबहादुर कार्कीको बारीमा रहेको सुुकेको रुख ढाल्ने क्रममा उक्त रुखको हाँगाले लाग्दा लिम्बूूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी मानबहादुर राईले बताउनुुभयो । डिएसपी राईका अनुुसार अहिले घटना स्थलमा प्रहरी टोली पुुगी सकेको छ । मृतक लिम्बूूले भने विगत देखिनै रुख काट्ने काम गर्दै आउनुुभएको थियो ।