• २८ फागुन २०८१, बुधबार

जन्ती बोकेको जिप दुर्घटना : नौ जना घाइते

blog

दुर्घटना भएको जिप । तस्बिर : गणेश खनाल

गणेश खनाल
अर्घाखाँची, फागुन २८ गते ।
जिल्लाको छत्रदेव गाउँपालिकामा ईभि दुर्घटना हुदाँ नौ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिका वाड नम्बर ३ अर्चलनेटा बल्कोटमा प्रदेश ०१–००१–ज–०१४० ईभि बुधबार दुर्घटना भएको हो ।

अर्चलनेटाबाट बुटवलतर्फ बिवाहमा जाँदै गरेको ईभिले स्कुल बसलाई साईड दिने क्रममा दुर्घटना भएको प्रहरी प्रमुख चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक अर्घाखाँची छत्रदेव गाउँपालिका ३ अर्चलनेटाका दुर्गा पाण्डे, सोहि स्थान बस्ने सावित्रा भुसाल सावित्राकी छोरी निलम भुसालको विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।

यस्तै, अर्चलनेटका संगिता भुसाल, भुसालकी छोरी तिर्सना भुसाल, सोहि ठाउँमै बस्ने सिता भुसाल, अनिरुद्र भट्टराई, कल्पना भारती र प्रेरण भुसाल घाइते रहेको जनाएको छ । घाइतेलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको प्रहरीको भनाइ रहेको छ ।