• २८ फागुन २०८१, बुधबार

एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने

blog

एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गर्नुहुँदै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभ । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन २८ गते । निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले दक्षिण एशियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गर्दै आफूहरू नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार समाजले आज राजधानीमा गरेको एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘अगामी १२–३६ महिनामा स्पेक्ट्रम अनुकुलनका लागि टुजी र थ्रिजीको सेवा बन्द गर्न अपरेटरहरूलाई सहयोग गर्दैछौं । हामी २०२५ मा ३ जी बन्द गर्दैछौं र टु जी २०२७ मा बन्द हुन सक्छ ।’’

उहाँले अहिले पनि ३.३ मिलियन टु जी ह्यान्डसेट रहेको बताउँदै नयाँ प्रविधिलाई अघि बढाउन ति सेटहरू बाधक रहेको बताउनुभयो ।