• २८ फागुन २०८१, बुधबार

फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ

blog

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेश अध्यक्षमा निर्वाचित खिमा गुरुङ।

लेखनाथ, फागुन २८ गते। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेश समितिको तेस्रो महाधिवेशनले खिमा गुरुङको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको छ।बुधबार भएको प्रादेशिक महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।

कास्कीकी अध्यक्ष गुरुङ रेडियो गोर्खालीमा आबद्ध हुनुहुन्छ।उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष महिलामा शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापामगर (कास्की), सचिव खुलामा दिलप्रसाद गुरुङ (कास्की), सचिव महिलामा कला राना (स्याङ्जा) र कोषाध्यक्षमा सुमन थापामगर (कास्की) चुनिनुभएको छ।

कार्यसमिति सदस्यहरूमा यमबहादुर सोनै मगर (नवलपुर), खडकबहादुर आले (तनहुँ), मनबहादुर गुरुङ (कास्की), चेतबहादुर थापा (कास्की), चन्द्रकुमारी महतो (नवलपुर), पुनम थापामगर (कास्की), कृष्ण श्रेष्ठ (कास्की) र कविता घर्तीमगर (कास्की) हुनुहुन्छ ।

प्रदेश महाधिवेशनबाट सङ्घीय प्रतिनिधिमा रुद्र श्रीषमगर, रत्ना गुरुङ, यामबहादुर थापामगर र अर्जुन गाहा (सुशान्त)लाई चयन गरेको छ।यसअघि फोनिज गण्डकीको महाधिवेशन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्नुभएको थियो।


महाधिवेशनमा फोनिजका सङ्घीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, फोनिजका सङ्घीय महासचिव समीर बलामी लगायतले देशभरका साढे चार हजार पत्रकार आवद्ध फोनिज एउटा अभियान र आन्दोलन भएकाले यसलाई आत्मसात गर्न आग्रह गर्नुभएको थियो।

प्रदेशिक महाधिवेशनमा गण्डकीका आठ जिल्लाका प्रतिनिधि सहभागी थिए।फोनिजको केन्द्रीय महाधिवेशन आगामी चैत अन्तिम साता लुम्बिनीमा हुने तय छ।