चितवन, फागुन २९ गते । गुरुङ समुदायले आज मे त्हलें प्रीब ९धनुष बाण विद्या० पर्व मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा गुरुङ समुदायमा हरेक वर्ष फागुपुर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । यो पर्वमा धनुष वाण, बर्छा,छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि गरिन्छ । खुकुरीजस्ता घरेलु हतियारको पूजा गरी खेल सुरु हुन्छ । सिकारीयुगमा धनुष वाणको आवश्यकता र महत्व धेरै थियो । आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण [गुरुवाण] प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको तमू प्ये ल्हु सङ्घका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो ।चितवनको– भरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा आज जिल्लास्तरीय धनुष वाण प्रतियोगिता तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अध्यक्ष गुरुङले राससलाई बताउनुभयो ।
दीपक रौनियार निर्देशित चलचित्र ‘राजागन्ज’ लाई सेन्सर बोर्डले काँटछाँटसहित सेन्सर पास गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिहरूका लागि नेपालगन्जमा एक सय दिनको न्यूनतम रोजगारी कार्यक्रम सञ्चालन गरिएको छ ।
पाँचौँ रोजगार सम्मेलनले आन्तरिक रोजगार प्रवर्धन दशकको सफल कार्यान्वयनका लागि आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्नेलगायतको १६ बुँदे घोषणापत्र जारी गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम सङ्घले गर्नु संविधान र सङ्घीयताको मर्म तथा भावनाविपरीत हुने बताउनुभएको छ ।
काठमाडौँ, फागुन २९ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसा देशका पहाडी भू–भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाउँदै महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
हरेक दिनको सङ्केत बिहानीले गरे झैँ लोकबहादुर मगरको भाग्य पनि प्रत्येक दिन लाग्ने घामले निर्धारण गरेको हुन्छ । लोकबहादुरलाई लाग्छ घाम कहिले नअस्ताओस् । जब जब घामको सट्टा पानी पर्छ उहाँ बेरोजगार हुन पर्छ । उहाँको एउटै रोजगारी हो नेपाली हाते कागज ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा आगामी चैतदेखि सातामा एउटा चार्टर उडानको तयारी थालिएको छ । विमानस्थल बनेको दुई वर्षसम्म पनि नियमित उडान हुन नसकेपछि विमानस्थललाई चलायमान बनाउन पहल थालिएको हो ।
खेतीयोग्य जमिनमा सिँचाइका लागि कर्णाली नदीको पानी लिफ्ट प्रणालीबाट तानेर ट्याङ्कीमा खसालिएको छ । सौर्य ऊर्जा प्रणाली प्रयोग गरेर नदीको पानी तानेर ट्याङ्कीमा खसाल्ने काम सफल भएको छ ।
महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु पर्दैन । माघ शुक्ल पञ्चमीदेखि नै रङ अबिर खुल्छ तर परिवेश नै होलीमय चाहिँ १५ दिने मिथिला मध्यमा परिक्रमा आठौँ दिन महोत्तरीको कञ्चनवन पुगेपछि सुरु हुन्छ ।
सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा (होली) पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ ।