राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले होली पर्वका अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्दै सभ्य रूपमा होली मनाउन सबैमा आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग बुधबारसाँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ ।
सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग २०८१ गठन गरेको छ ।
सरकारले अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकमा अघि बढाएको छ । प्रतिस्थापनको संवैधानिक समयसीमाको दबाबमा रहेको सरकारले प्रतिनिधि सभामा एर्कै दिन दुई बैठकबाट विधेयकको प्रक्रिया अघि बढाएको हो ।
नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना तयार गरी आवश्यक सङ्ख्यामा प्रहरी परिचालन गरेको छ ।
“मेरी आमाले छैटीका दिन खाली कापी र कलम सिरानीमुनि हालेर सुताएकी थिइन् । त्यस रात भावीले मेरो भाग्य रेखालेख्छ भन्ने जनविश्वास थियो । तिमी मेरो ललाटभरि भावीले राम्रो भाग्यरेखा लेखिदियोस् भन्ने चाहन्थ्यौ तर आमा त्यो तिम्रो एउटा विश्वास मात्र थियो ।
लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आउनुभएको छ ।
नासा र स्पेसएक्सले सूर्यबाट तथ्याङ्क सङ्कलन गर्न एउटै रकेटमा दुईवटा नयाँ मिसनहरू प्रक्षेपण गरेका छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ ।
बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा सरस्वतीले बाँसबारी क्लबलाई २–१ गोलले हरायो ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी गर्नेगरी सरकारले काम अगाडि बढाएको बताउनुभएको छ।
प्रेस चौतारी प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनले सरोज ढुङ्गेलको अध्यक्षतामा सर्वसम्मत २४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपको उपाधि जेभियर इन्टरनेसनल कलेजले जितेको छ ।
कपिलवस्तु–११ ले सैनामैनाको मुर्गियामा भैरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।