• २९ फागुन २०८१, बिहिबार

होलीमा ड्रोनबाट निगरानी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन २९ गते ।  नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना तयार गरी आवश्यक सङ्ख्यामा प्रहरी परिचालन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश अधिकारीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित मर्यादित र शान्तिपूर्ण रूपमा मनाउने गरी सुरक्षा योजना बनाइएको बताउनुभयो ।

उहाँले होली पर्वमा बढी भिडभाड हुने काठमाडौँ, भक्तपुर र ललितपुरलगायत देशका मुख्य सहरमा आवश्यक प्रहरी परिचालन गरी सिसिटिभी तथा ड्रोनबाट पनि निगरानी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गहरूको विशेष पर्व होली स्वःस्फूर्त मनाउने वातावरणका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको छ । होलीको जबरजस्ती रङ तथा रसायन दल्ने, मादक तथा लागुऔषध प्रयोग गरी उच्छृङ्खल गतिविधि गरे तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही हुने छ ।”