छवि पाण्डे
सैनामैना, २८ फागुन । कपिलवस्तु–११ ले सैनामैनाको मुर्गियामा भैरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
मुर्गिया फुटबल क्लबको आयोजनामा बुधबार सैनामैनाको मुर्गियास्थित रङ्गशालामा भएको फाइनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोलले हरायो ।
कपिलवस्तुको जितमा मोहम्मदले गोल गर्नुभयो । १० दिनसम्म चलेको उक्त खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । विजेता कपिलवस्तुले ७ लाख रुपियाँ पुरस्कार पायो ।
उपविजेता अभिषेक चर्च रजहर नवलपुरले ४ लाख रुपियाँ पायो । प्रतियोगिता समापनमा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता रहेको थियो ।