• २९ फागुन २०८१, बिहिबार

सरस्वतीको विजयी सुरुवात

blog

बल खोस्ने प्रयास गर्दै सरस्वती र बाँसबारीका खेलाडी ।

काठमाडौँ, फागुन २८ गते । सरस्वती युथ क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा सरस्वतीले बाँसबारी क्लबलाई २–१ गोलले हरायो । 

सरस्वतीको जितमा सबिन लुङ्गेलीमगर र धिरेन्द्र बहादुर शाहले गोल गर्नुभयो । बाँसबारीका विक्की राईले सान्त्वना गोल गर्नुभयो । पहिलो जितसँगै सरस्वतीले तीन अङ्क बनाएको छ । बाँसबारीले हारबाट लिगको सुरुवात गरेको छ । 

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।