ताप्लेजुङका किसानले पानी माग्दै तमोर नदीमा पूजा आयोजना गरेका छन् । पानी नपरेर खडेरीको समय लम्बिँदै गएपछि किसानले तमोर नदीमा इन्द्र भगवानको पूजा गरेका हुन् ।
पोखराको फेवातालमा रहेको जलकुम्भी हटाउने अभियान पुनः सुरु भएको छ । “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी” भन्ने मूल नारासाथ यस वर्ष जलकुम्भी सरसफाई अभियानको आइतबार शुभारम्भ गरिएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताउनु भएको छ।
इलामको सूर्योदय नगरपालिकामा आजदेखि राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता वितरणको काम थालिएको छ । आज एक कार्यक्रमबिच सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले राष्ट्रिय परिचयपत्रको दर्ता स्टेशनको उदघाटन गर्नुभयो ।
स्वास्थ्य बीमाको वर्तमान प्रिमियम र प्याकेजमा परिवर्तन जरुरी भएको विज्ञ तथा सरोकारवालाले निष्कर्ष निकालेका छन्।
गल्याङ नगरपालिकाले प्रथम पिङ्क सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलको उपाधि चुमेको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघजर्गन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका एक९दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेको हो।
कृष्णपुर नगरपालिका–७ कलुवापुरका ३२ वर्षीय पदम रानाको ज्यान गएको हो। पानी पर्ने बेला राना आफ्नो घरको अगाडि आगनमा बसेको बेला चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो। आज कञ्चनपुरसहित विभिन्न स्थानमा पानी परेको थियो।
जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ३६ सयभन्दा बढी सवारीसाधन कारबाही गरी २९ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गर्नुभएको छ।
रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिको सभापतिमा विमल घिमिरे विजयी हुनुभएको छ । १५ सदस्यीय नगर समितिमध्ये सभापति र सचिव पदमा मात्र निर्वाचन भएको हो ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। न्युरो सर्जन डा. उपमा शर्माले आइतबारदेखि प्रतिष्ठानबाट न्युरो सर्जरी सेवा सुरु गरेको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो।
युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत तेस्रो स्थानका लागि आइतबार तय भएको नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको छ । पाथीभरा क्षेत्र विकासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाथिभरामा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको हो ।
गोरखा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार ४ सय ७७ जना विद्यार्थी सहभागी हुने भएका छन् ।