प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार दिउँसोदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितीका सम्बन्धमा छलफल भइरहेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहलाई होर्डिङ बोर्डबाट हुने राजस्व सङ्कलन आफैँले गर्न आग्रह गर्नुभएको छ।
वन क्षेत्रमा डढेलो लाग्न नदिनका लागि वन कार्यालय तयारीमा जुटेका छन्। गर्मी याममा डढेलो लागेर वन क्षेत्रको विनाश हुने गरेको छ। त्यस्ता घटना हुन नदिन र भइहाले डढेलो निभाउनका लागि तयारी गर्न थालिएको हो। कैलाली, कञ्चनपुरका डिभिजन वन कार्यालयसहित सरोकारवाला निकायले विभिन्न तयारी गरिरहेका छन्।
मनाङमा ४६ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले सरकारले शिक्षकको मागलाई सम्बोधन गर्नु जरुरी रहेको बताउनुभएको छ। सत्यवती गाउँपालिकाको जोहाङ्ग खैरेनीमा भएको नेपाली कांग्रेस क्षेत्र नम्बर–१ गुल्मीको प्रथम क्षेत्रीय सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
गोरखा नगरपालिका–१३ स्थित सिमलगैरामा करिब दुई अर्ब १९ करोड ९५ लाख रुपियाँको लागतमा अर्धजलासययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
रुकुमपश्चिममा माध्यमिक तह परीक्षा (एसइई) दिने विद्यार्थी सङ्ख्या कम भएपछि परीक्षा केन्द्र घटाइएको छ । यस वर्ष जिल्लाका विभिन्न आठ विद्यालयमा हुने आठ वटा परीक्षा केन्द्र हटाएको हो ।
नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त हुनुभएको छ । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकको सिफारिसमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो।
सप्तरीमा एक सय दशमलव ११ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।
प्रतिनिधिसभा सदस्यहरूले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवासुविधा दिन लागिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
सप्तरीलाई आँपको राजधानी मानिन्छ । देशैभरिमा यहाँ फलेको आँपको माग उच्च हुन्छ तर यस वर्ष भने सप्तरीमा आँप उत्पादनमा भने कमि आउने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गर्नुभएको छ ।
सांसदहरूले बाँकेको जयन्दु बालसुधार गृहमा गत शुक्रबार राति भएको झडपमा परी ४९ जना घाइते भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । आइतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।