काठमाडौँ, चैत ३ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार दिउँसोदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितीका सम्बन्धमा छलफल भइरहेको छ।
राप्रपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा राप्रपा आन्दोलनका विषयमा छलफल भएको जानकारी दिनुभयो।
उहाँका अनुसार बैठकले पार्टीका विभिन्न रणनीति तय गर्नेछ।