म्याग्दी, चैत ३ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका ८० वर्षीय लीलबहादुर पुनले गर्नुभएको बाख्रापालन । वृद्ध उमेरमा समेत उहाँको दैनिकी बाख्रासँगै जङ्गल र गोठ गरेर बित्ने गरेको छ । तस्बिरः रासस
ताप्लेजुङ, चैत ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला बस्तीबाट चीन प्रवेशद्वार । यहाँबाट २४ किलोमिटर दूरीमा नेपाल–चीनको सिमाना रहेको टिप्ताला नाका पुग्न सकिन्छ। तस्बिरः रासस
रुकुम पश्चिम, चैत ३ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ स्थित सेरिगाउँ र आसपासको क्षेत्र । तस्बिरः रासस
दाङ, चैत ३ गते । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा व्यावसायिक रूपमा सञ्चालनमा आएको घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा जिपलाइनमा रमाउँदै आन्तरिक पर्यटक । रिसोर्टमा जीपलाइनसँगै स्काइ साइकिलिङ पनि सञ्चालनमा छ । तस्बिरः रासस
काठमाडौँको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एक तलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९:४० बजे लागेको आगो १०:५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई प्रदेश सरकार सञ्चालनका अनुभव र सङ्घीयता कार्यान्वयनका आरोहअवरोहका बारेमा अन्तव्रिर्mया एवं अध्ययन गरी एक प्रतिवेदन बुझाइएको छ ।
बेनी नगरपालिकाप्रति नगरवासीले गुनासैगुनासा पोखेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले विकास निर्माण र सेवा प्रवाहका बारेमा गुनासो पोखेका हुन् ।
अर्घाखाँचीको भूमिका स्थान नगरपालिकाले वन डढेलो नियन्त्रण गर्न ‘वन डढेलो नियन्त्रण दस्ता’ निर्माण गरेको छ । डढेलोको उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी दस्ता खटाइएको छ । नगरपालिकालाई शून्य डढेलो नियन्त्रण नगरपालिका घोषणा गरिने योजना अनुसार दस्ता निर्माण गरी अभियान सञ्चालन गरिएको हो ।
तराईमा जाडो क्रमिक रूपमा कम हुँदै गएपछि जाडो छल्न आन्तरिक रूपमा बसाइँ सरेर तराई झरेका चरा पुनः आफ्नै वासस्थानतिर फर्कन थालेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायतका तराई क्षेत्रबाट पाहुना चरा फर्कन थालेका हुन् ।
जनार्जन खत्रीसर्लाही, चैत ३ गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–८, बालुवाभारमा स्कारपियोको ठक्करबाट एक बालकाको मृत्यु भएको छ । दुर्घटनामा अरू तीन जना घाइते भएका छन् । शनिवार राति हुलाकी सडकमा पार्किङ गरेर राखिएको बीआर ०६ पि ई २८२० नम्बरको जिपलाई बालुवाभारबाट मधुवनी गाउँतर्फ जाँदै गरेको बीआर ३० ए ई २४९० नम्बरको स्कारपियो गाडीले ठक्कर दिँदा अनियन्त्रित भई सडक छेउमा बसिरहेका मानिसहरूलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट भारतको सितामढी थाना बरगनिया नन्दबारा ग्राम पञ्चायत घर भई बलरास्थित मामाघर आएका रामेश्वर साहका छोरा पाँच वर्षीय पीयूषकुमार साहको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिनुभयो । दुर्घटनामा बलरा नगरपालिका–८, का महेश साहकी छोरी पाँच वर्षीया आशिका कुमारी, ६५ वर्षीय सुनिलाल महतो र ४० वर्षीया लीला देवी घाइते भएका प्रहरीले जनाएको छ । घाइते तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ । दुर्घटनापछि स्कारपियो चालक गाडी छाडेर फरार भएका छन् । प्रहरीले स्कारपियो नियन्त्रणमा लिएर फरार रहेका चालकको खोजी गरिरहेको डिएसपी राईले बताउनुभएको छ ।
विश्वशान्तिको कामना गर्दै बुटवलमा शनिबार पहिलो पटक बृहत् श्रामणेर प्रवज्या तथा धम्मयात्रा भएको छ ।
गुल्मीमा पुल निर्माणको कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर–५, कुखुरे खोलामा निर्माणाधीन पक्की पुल लामो समयदेखि अलपत्र अवस्थामा छ ।
विकास निर्माणले नजोडिँदा पश्चिम दाङको सिमलकुना गाउँ अझै पनि आधारभूत सुविधाबाट वञ्चित हुन पुगेको छ । भौगोलिक विकटताका कारण सडक, सञ्चार, विद्युत्, स्वास्थ्य, खानेपानीलगायतका पूर्वाधारबाट स्थानीय वञ्चित छन् ।
कर्णालीका छ सयभन्दा बढी बालबालिकाको परिवारसँग पुनर्मिलन गराइएको छ । हिमाली नवीन समाजको सन् २००६ देखि २०२५ सम्मको घटना व्यवस्थापनको तथ्याङ्क अनुसार ती बालबालिकाको परिवारसँग पुनर्मिलन गराइएको पाइएको हो । यो अवधिमा कर्णालीबाट ६७६ जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ ।
उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न प्रविधिमैत्री अनुगमनमा जोड दिनुपर्ने सरोकारवाला निकायले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रविधिमैत्री अनुगमन गर्न आवश्यक रहेको बताइएको हो ।