उत्पादकत्व बढाई आर्थिक विकास गर्न श्रमशक्तिको मुख्य भूमिका रहन्छ । उत्पादन क्रियामा श्रमिक सक्रिय साधनसहित उपभोगकर्ता पनि हो । श्रमिक सबल भए आर्थिक पक्षको सबै पाटो सक्रिय हुन्छन् । विश्वमा श्रमिकको बेग्लै पहिचान भएकाले कार्लमाक्र्सको दास क्यापिटलमा श्रमिक उत्पादनका महत्वपूर्ण साधन हुन् भन्ने व्याख्या गरिएको पाइन्छ । कम्युनिजमको अवधारणा श्रमिकको भूमिकाबाट आएको हो । आर्थिक रूपान्तरणको बलियो र सक्रिय जीवित साधन श्रमिक भएकाले उत्पादन क्रिया गरी स्वआर्जन गर्न सक्रिय हुन्छन् भने श्रमदातासँगको सहमतिमा उत्पादनमुखी भूमिकामा क्रियाशील भएको पाइन्छ ।
बालन नाच संरक्षणप्रति स्याङ्जा तथा पाल्पाका युवाले चासो राखेका छन् । विषेश गरी ब्राह्मण, क्षेत्री समाजमा बालन गाउने र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । यस नाचलाई ‘बाहुन नाच’ पनि भनिन्छ । केही वर्षयता बालन गाउने र नाच्ने चलनमा कमी आएको छ । पश्चिमा प्रभाव बढ्दै जाँदा यो नाच बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।
साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई राजधानीमा सोमबार बृहत् अभिनन्दन गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा आयोजित अभिनन्दनमा करिब एक सय साहित्यिक संस्था र साहित्यिक पत्रिकाले साहित्यकार तथा साहित्यिक पत्रकार घिमिरेको अभिनन्दन गरेका थिए ।
जनता समाजवादी पार्टी नेपालले कृषि र कृषिमा आधारित उद्योगहरू स्थापना र सञ्चालन गर्न सरकारले बैङ्कमार्फत ऋण उपलब्ध गराउन माग गरेको छ । जसपा नेपालको चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सो माग गरेको हो । कृषि उद्योग स्थापनाका साथै प्रविधि एवं अन्य आवश्यक सहुलियत प्रदान गर्न जसपाले माग गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले बढेको छ । अघिल्लो आव उक्त कर्जा ८.८ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी ३५.४ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो ।
सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्न टे«ड युनियनहरूले सरकारसँग माग गरेका छन् । २०७५ सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी पनि निजामती कर्मचारी नै भएकाले सङ्घीय निजामती सेवा ऐनमा तीन वटै तहमा भएका कर्मचारीलाई परिभाषामा समेट्न माग गरिएको हो ।
पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कस्थित सल्लाघारीमा आएको सुक्खा पहिरोले इन्द्रावती नदी थुनिन सक्ने खतरा बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार नदीको केही भाग पहिरोले थुनिएको छ । सुक्खा पहिरो झरिरहेकै छ । नदी थुनिएर खोलिएमा बाढीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको एसपी खड्काले बताउनुभयो । सल्लाघारीको माथिल्लो क्षेत्र चर्किएकाले पहिरो जान सक्ने जोखिम छ । पहिरो गएमा इन्द्रावती नदी थुनिन सक्ने र नदी थुनिए मेलम्ची बजार उच्च जोखिममा पर्ने सक्ने देखिएको छ ।
नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएसँगै यस्तो सुनिश्चिता भएको हो । नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त भएको जानकारी दिएको हो ।
विश्वमा मानवीयता खस्कँदै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सोमबार विश्व मानवीय दिवसका सन्दर्भमा सङ्घले प्रकाशित गरेको तथ्यले विश्वमा मानवीयता खस्कँदै गएको देखाएको हो । विश्वका शक्तिमध्ये रुस र युक्रेन, इजरायल र गाजा, म्यानमार, मेक्सिको, इथियोपिया, सिरिया, यमन, अफगानिस्तान, सुडान र दक्षिण सुडान, कङ्गो, लिबिया, लेबनानलगायतका मुलुकमा आन्तरिक द्वन्द्व तथा द्विदेशीय युद्ध भइरहेका छन् । द्वन्द्वका कारण उत्पन्न अवस्था अन्त्य गर्न शक्ति राष्ट्रहरूले ध्यान नदिई शक्ति प्रदर्शनमा केन्द्रित रहेकामा राष्ट्रसङ्घले रोष प्रकट गरेको छ ।
काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् ।
बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध तीन वटा ‘सामूहिक हत्या’ अनुसन्धान सुरु गरेको यसका अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । हसिनाले नै उक्त न्यायाधिकरण गठन गर्नुभएको थियो ।
भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
बेलायतमा रहेका नेपालीहरूले विदेशमा रहेका नेपालीले नेपालमा कसरी नागरिकता प्राप्त गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । वक्ताहरुले धेरै देशले गैर आवासीय नागरिकलाई पूर्ण दोहोरो नागरिकता प्रदान गरेको जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वको अन्त्य भएको लामो समय भएपनि समाजमा वातावरणीय र विकासका द्वन्द्वहरु कायम रहेकाले बालबालिका र विद्यालय अझैपनि जोखिममा रहेका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सूचनाको हक कार्यान्वयनले सरकारको काम पारदर्शी बनाउन सहयोग गरेको बताउनुभएको छ । १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा सम्बोधन गर्दै आज उहाँले सो कुरा बताउनुभएको हो ।