प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सफल भएको बताउनुभएको छ।
जिल्ला अदालत रुपन्देहीको जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाएको छ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पर्वतका डा योगेन्द्रराज रिजाल र कास्कीकी दुर्गा लामिछानेलाई सदस्य नियुक्त गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले जानकारी दिनुभयो।
भोलिबाट सुरु हुने केपी ओली कप राष्ट्रिय खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ। मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने केपी कपमा कुल १६ टिमले सहभागिता जनाउने भएका छन्।
कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थित एक गाउँमा कुनै बेला पाँच घरमात्रै थियो, त्यो पनि सबै थारुको। चारैतिर वनले घेरिएको मनमोहक, शान्त, सुन्दर रमणीय ठाउँ। वनमा घर लुकेजस्तै भएका कारण गाउँवासीले गाउँको नाम राखे नुक्लिपुर।
डुम्रे-बेँसीसहर खण्डमा पर्ने तनहुँको भानु नगरपालिका–१ अँधेरीखोला नजिक शुक्रबार ४:२५ बजे दुर्घटना हुँदा घाइते चार जनालाई चितवन रिफर गरिएको छ।
नेपाल सितोरियो कराते डो सङ्घ, प्रयोगपोखरी डोजाको आयोजनामा सहिद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि आयोजना हुने भएको छ ।
काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-९ मा रहेको पलान्चोक भगवती मन्दिरको दानपेटीका चोरीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ ।
आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग यहाँ छलफल गरेको छ ।
युरोपेली सङ्घ (इयू) ले शुक्रबार उज्बेकिस्तानमा भएको एक प्रमुख शिखर सम्मेलनमा मध्य एसियासँगको सम्बन्धमा ‘नयाँ युग’ को घोषणा गरेको छ । रूस र चिनियाँ प्रतिस्पर्धाका बिच ब्रसेल्सले यस क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लगको हो ।
ताप्लेजुङको सुकेटारमा शनिबारदेखि सुरु हुने छैटौँ बज्र गुरु मन्त्र जप पूजाको तयारी पूरा भएको छ। विश्व शान्तिको कामना तथा मानव एकताका लागि आयोजना गरिएको तीन दिने धार्मिक पूजा बज्रगुरु मन्त्र जपको तयारी पूरा भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे ‘प्रत्यक्ष वार्ता’ चाहेको बताउनुभएको छ । यसअघि उहाँले इरानले आणविक हतियार विकास गरे बम हान्ने धम्की दिनुभएको थियो ।
तनहुँको भानुमा बस दुर्घटना भएको छ । शुक्रबार जिल्लाको भानु नगरपालिका १ अधेरी खोला नजिक बस पल्टिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख दीपक कुँवरले जानकारी दिनुभयो ।
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको प्रदर्शनमा प्रदर्शनकारीहरू हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयमा चुनौती भएको बताउनुभएको छ ।