स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
बझाङको बिकट बुङ्गल नगरपालिका वडा–१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा जनाको मृत्यु भएको छ । गाउँमा एक्लै रहेको स्थानीय बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामी की श्रीमती वर्ष ५५ की काली धामी , बुहारी वर्ष २५ की गोल्की धामी र नातिनीहरू वर्ष ६ की आकृति धामी र वर्ष ३ की लक्ष्मी धामीको पहिरोमा च्यापिएर मृत्यु भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताउनुभएको छ ।
आइतबार राति परेको वर्षाका कारण खसेको पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध बनेको छ ।
जिल्लामा धामी नाचेर श्रवण शुक्ल पूर्णिमा मनाउने गरिन्छ । दुई दिनसम्म मनाइने यो पर्वमा बाँडपाल लगायतका देवताको माडुमा (मन्दिर)मा धामी नाचेर गर्छन् । यो पर्वको आज (सोमबार) अन्तिम दिन हो ।
तनहुँ कारागारका कैदीबन्दीलाई रक्षा बन्धनको अवसर पाएका छन् । बह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल शाखा कार्यालय दमौलीले रक्षा बन्धन लगाइदिएको हो ।
अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ ।
झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु भएको छ । झाडापखालाका कारण जलवियोजन हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका दिप्सन भुजेलको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका निमित्त सुपरिटेन्डेन्ट डा. रुपेश सङ्ग्रौलाले बताउनुभयो ।
जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टाप्पुमा बगर खेती गरिने भएको छ । चारैतिरबाट कोसी नदी सुसाउँदै बगिरहने ठन्डा हावा पानी र स्वच्छ वातावरण रहेको टापुमा किसानहरुले बगर खेती गर्ने भएका छन् ।
खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।
मोरङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । मोरङको कानेपोखरी –७ का ३३ वर्षीय हिराधन तामाङले खुकुरी प्रहार गर्दा ३० वर्षीया श्रीमती कविता घाइते हुनुभएको हो ।
स्थानीय तहको पुनर्संरचनाका बेला राजनीतिक पहुँच नपुग्दा विजयपुरवासीको यात्रा सुगमतिर भन्दा दुर्गमतिर मोडिएको छ । नगरपालिकाको सेवा लिन पुर्चौडी नगरपालिका–१० का विजयपुरवासी एक दिनको पैदल बाटो हिँड्दै आएका छन् । नगरको सेवाबाहेक हाटबजार, क्याम्पस, औषधी उपचारका लागि भने एक घण्टाको दुरीमा रहेको छिमेकी गाउँपालिकाबाट सजिलै प्राप्त हुन्छ । स्थानीय तहको पुनर्संरचनाका बेला साबिकको विजयपुर गाविसलाई १० नम्बर वडामा गाभिएपछि सुगमबाट दुर्गमतर्फ मोडिएको हो ।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्वले समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य गर्ने बताउनुभएको छ ।