ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–९ मैदानेमा श्रमदान मार्फत बौद्ध चैत्य निर्माण गरिएको छ । सहयोगी दाताहरुको आर्थिक तथा श्रमदान मार्फत चैत्य निर्माण गरिएको हो ।
बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उहाँ दिनभरि ई–रिक्सा चलाउनु हुन्छ । त्यसबाट उहाँ दैनिक करिब रु एक हजार ७०० कमाउनुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षभन्दा ३५० हेक्टर क्षेत्रफल बढी जग्गामा चैते धान रोपाई भएकोले उत्पादनमा वृद्धि हुने भएको हो ।
गुल्मी उद्योग वाणिज्य संघमा अध्यक्ष बाहेकका सबै पद सर्वसम्मत चयन भएका छन् । वाणिज्य संघको उपाध्यक्षमा इश्वरीप्रसाद बेलबासे, गोपालप्रसाद भुसाल र तारा भुसाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यहाँ नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो ।
। वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरुको चहलपहल ह्वात्तै बढ्ने गर्छ ।
कुनैबेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ ।
कुनै समय विद्यालय शिक्षाबाट टाढा बन्न रुचाउने चेपाङहरु आज विद्यालय शिक्षाको महत्त्व बताउन थालेको देखिन्छ । आजभोलि धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ की सरिता चेपाङ अधिकांश दिनहरुमा गोठिभञ्ज्याङ आधारभूत विद्यालय पुग्नु हुन्छ ।
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा निर्माण भइरहेको पुलको ३० प्रतिशत काम सम्पन्न भएको छ ।
वनमा लागेको डढेलो आगो निभाउने क्रममा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट गाउँपालिका–७, पालुङ्मैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गीमगर रहनुभएको छ ।
पाँचथरमा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका १३ का ४७ वर्षीया उषाकला राई नेम्वाङ र कुम्मायक ३ का २२ वर्षीया प्रतिमा सम्वाहाम्फे हुनुहुन्छ ।
भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो ।
कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका दुईवटा वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । गाउँपालिकाका छमध्ये वडा नम्बर १ र २ ढुङ्गेसाँघुलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो ।