नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको प्रदर्शनमा प्रदर्शनकारीहरू हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयमा चुनौती भएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रूपान्तरणमा गीत सङ्गीत शक्तिशाली हुने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताउनुभएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालमा मानव संसाधन विकासका लागि एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेसन एन्ड सस्टेनेबल पार्टनरसिप (एओटिएस) जापानको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
पाँचथर प्रहरीले लापरबाहीपूर्वक जङ्गलमा आगो लगाएको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ ।
गुल्मी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा ९१.४५ प्रतिशत मत खसेको छ । शुक्रबार अध्यक्ष पदका लागि मृगेन्द्रप्रसाद श्रेष्ठ र रामप्रसाद पन्थीले उम्मेद्वारी दिएपछि निर्वाचन भएको हो ।
युरोपेली सङ्घ (इयू)ले शुक्रबार उज्बेकिस्तानमा भएको एक प्रमुख शिखर सम्मेलनमा मध्य एसियासँगको सम्बन्धमा ‘नयाँ युग’ को घोषणा गरेको छ । रूस र चिनियाँ प्रतिस्पर्धाका बिच ब्रसेल्सले यस क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लगको हो ।
पर्यटकीय सिजन सुरु भइरहेकोबेला दुई दिनदेखि लगातार मौसममा खराबी आएपछि सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थलमा उडान प्रभावित भएकोे छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गर्नुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको बताउनुभएको छ। बिमस्टेक शिखर सम्मेलनपछि बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मोदीले यस्तो बताउनुभएको हो।
रौतहटको चन्द्रपुर–६ मा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आवश्यकताअनुसार भवन तथा केमिकल नहुँदा उपचारमा असहज भएको छ ।
समुदायमा आधारित व्यवसायिक कृषि खेती प्रणालीलाई प्रवर्धन गर्दै आएको आरजु राइस मिल लिमिटेडले आउँदो वर्ष २०८२ को लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
रौतहट उद्योग वाणिज्य सङ्घमा तालाबन्दी भएको छ । सङ्घको वर्तमान कार्य समितिको कार्यशैली प्रति असन्तुष्ट बनेका व्यवसायीहरूको समूहले मुख्य प्रवेशद्वारमा ताला लगाएका हुन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरले उल्लेख्य प्रगति गरेको बताउनुभएको छ ।
माछा मार्न भनी हिँडेका एक पुरुष कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको छ । रम्भा गाउँपालिका–१ असेर्दीका ५२ वर्षीय सञ्जय बोटे रम्भा–१, बिसमुरे घाटमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।