लुम्बिनी प्रदेश सरकारले गर्मीयाम सुरु भइसकेकोले वनडढेलो, आगलागी, हावाहुरीलगायतका जोखिमबाट हुने प्रकोपजन्य घटना नियन्त्रणमा तदारुकता देखाएको छ ।
करिब एक दशकदेखि लगातार स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा प्रतिनिधि र प्रदेश सभा सदस्यले पर्यटकलाई सहज आवतजावतको वातावरण बनाउन गरेको माग पूरा भएको छैन । माथिल्लो मुस्ताङमा पर्ने तीन वटा स्थानीय तहका जनप्रतिनिधिले चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग गरिरहेका छन् ।
कालीकोट जिल्लाका सामुदायिक विद्यालयको बेरुजु रकम १४ करोडभन्दा बढी देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका ला
काठमाडौँ, चैत २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।आयोगले स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दावी गरेको थियो । उक्त मुद्दामा विशेषले गत असार ३१ गते फैसला गरेको थियो ।त्यस्तै, आयोगले कटहरिया नगरपालिका रौतहटका नगरप्रमुख अजयप्रकाशसमेत विरुद्ध मुद्दा दायर गरेको थियो । जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा फिल्डमा भए गरेको कार्यभन्दा बढी परीमाण देखाई भुक्तानी गरेको पाइएको थियो ।आयोगले रु १२ लाख ५२ हजार ९४१ बराबरको बिगो दावी गरेको थियो । विशेषले सो मुद्दामा गत असार ३१ गते फैसला गरेको थियो । उक्त मुद्दामा विशेषले गरेको फैसला कानुन सम्वत नभएको दावी गर्दै शुक्रबार पुनरावेदन गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
काठमाडौँ, चैत २३ गते । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो । बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । चैत्र शुक्ल प्रतिपदादेखि नै दसैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती ९चण्डी० पाठ भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबार अन्तर्गत रहेको दसैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ ।
काठमाडौँ, चैत २३ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ २४ पैसा र बिक्रीदर १६० रुपैयाँ ९४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १५ पैसा र बिक्रीदर २० रुपैयाँ २४ पैसा तोकिएको छ ।राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ, चैत २३ गते । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
उत्तरी धादिङलाई जोड्ने दामन–पाख्रिन मार्गको धादिङबेँसी–साङ्कोस सडकखण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्ने कार्य सुरु भएको छ । चार दशकअगाडि सुरु भएको यस सडकको १६ किलोमिटर क्षेत्रमा स्तरोन्नतिसहित
गृहमन्त्री रमेश लेखकले तीनकुने घटना छानबिनका लागि न्यायिक आयोग गठन नहुने बताउनुभएको छ । शुव्रmबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सत्ता
निर्वाचन आयोगले तीन राजनीतिक दललाई ‘दर्ता खारेज हुने गरी कारबाही किन नगर्ने’ जवाफ पेस गर्न निर्देशन दिएको छ । त्यस्तै ४३ दललाई विगतमा तोकेको जरिबाना बुझाउन र लेखा परीक्षण प्रतिवेदन पेस नगर्नुका कारण खुलाएर जवाफ पेस गर्न भनेको छ । आयोगको अभिलेखबमोजिम २०८१ मङ्सिरसम्म दर्ता कायम रहेका दलको सङ्ख्या १२१ छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका सुनाचुरी सामुदायिक वनको बिच भागमा एउटा पोखरी छ । पोखरीबाट न अन्यत्र कतै
बागलुङको ऐतिहासिक मेला हो चैत्राष्टमी मेला । वर्षको अन्तिम चाड चैतेदसैँमा नेपालकै प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शनसँगै स्थानीय उत्पादनहरू खरिद बिक्रीका लागि कालीगण्डकी वरपरका गाउँ गाउँबाट स्थानीयहरू मेलामा आउँछन् ।
लिम्बू पत्रकार सङ्घको केन्द्रीय अध्यक्षमा सन्देश सुब्बा इङ्वा निर्वाचित हुनुभएको छ । शुक्रबार तेह्रथुमको बसन्तपुरमा सम्पन्न तेस्रो महाधिवेशनले इङ्वा अध्यक्ष रहेको केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बेलुकी ८ बजेर १० मिनेटमा यस क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको हो ।
जाजरकोटमा ३ मिनेटको फरकमा दुई वटा भूकम्प गएको छ । शुक्रबार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो ।