कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले असोज महिनामा अविरल वर्षा पछि आएको बाढीले पुल बगाएका खोला नालामा पुनः पुल निर्माणका लागि आफु प्रतिबद्व रहेको दोहोर्याउनु भएको छ ।
सामुदायिक विद्यालयमा अभिभावकहरूको विश्वास घटिरहेका बेला सुनसरी जिल्लाको उत्तरी ग्रामीण क्षेत्रमा रहेको श्री प्रकाश माध्यमिक विद्यालयका शिक्षकहरू विद्यार्थी खोज्न घरघर पुग्न थालेका छन् ।
महोत्तरीमा पुनः एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । यस अघि जलेश्वरमा बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको एक साता नबित्दै फेरि बालिकामाथि सामूहिक बलात्कार भएको अर्को घटना सार्वजनिक भएको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाले चैते दसैँका अवसरमा शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले २०८१ सालको विधागत प्रज्ञा पुरस्कार १० जना स्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ । प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र, अनुवाद र संस्कृतिलगायतका क्षेत्रमा विशेष योगदान गर्ने १० जना स्रष्टालाई जनही एक लाख राशिको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
रघुगङ्गा गाउँपालिकाको दुर्गम गाउँ कुइनेको कोसेरा खोलामा स्टिल ट्रस प्रविधिको पुल निर्माण गरिएको छ । पुल निर्माण भएसँगै बर्खायममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
चैत्राष्टमीको अवसरमा नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठको रुपमा रहेको कालिका भगवती मन्दिर बागलुङमा शनिबार श्रद्वालु भक्तजनको घुइँचो लागेको छ । चैत्राष्टमीको दिन मन्दिरमा पूजा गर्ने भक्तजनहरु देशका विभिन्न स्थानबाट बिहानैदेखि आएका छन् ।
हरि कोइराला उर्लाबारी ,चैत २३ गते । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उहाँकी पत्नी ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको हो । टुडु रतुवामाइ नगरको फोहोर व्यवस्थापन गर्ने ट्याक्टर को चालक रहेको रतुवामाइ नगर प्रमुखको सचिवालयका प्रमुख सचिव सुजित चौधरीले जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रवार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।आमबारीबाट उर्लाबारीतर्फ आउँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।
धनञ्जय गोत्री रिजाल बन्धुहरूले दैलेखमा राखेको पूजा र बन्धुमिलन कार्यक्रममा सहभागी हुन निम्तो आएपछि मनमा एकखालको कौतूहल, उत्साह र अनेकथरी जिज्ञासा उम्लन थाले ।
विस्तारित आयाममा कलम चलाउने कथाकार शिवप्रसाद जैशी खतिवडाको कथासङ्ग्रह ‘घटको रैबार’ बजारमा आएको छ । भुँडीपुराण प्रकाशनमार्फत बजारमा आएको यस कथास
सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधिमा भारतबाट ६१ करोड ७० लाख ८५ हजारको खाद्यान्न आयात भएको छ ।
चित्र एक निर्जीव रचना हो । यो आफैँभित्र नयाँ जीवन, नवीन भावना र नौलो अर्थ बोकेर उभिन्छ । त्यो शब्दका माध्यमले मात्र व्यक्त गर्न कठिन हुन्छ । चित्र अनेकौँ रङको संयोजन वा आ
उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि काठमाडौँमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।
सहरको मध्य भागमा अवस्थित एउटा सानो क्याफे, ‘चिया अड्डा’, जहाँ हरेक उमेरका मानिसहरू आउँथे । एक साँझ, त्यही क्याफेमा दुई पुस्ताको जम्काभेट भयो, संयम, ६५ वर्षीय एक सेवानिवृत्त शिक्षक, जसले जीवनभ
अजय शाहमहोत्तरी , चैत्र २३ गते । मधेस प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने भएको छ। मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले प्रधानमन्त्री ओलीले चैत्र २६ गते सम्बोधन गर्ने निश्चित भएको जानकारी दिनुभयो ।प्रधानमन्त्रीले मधेस प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने पक्का भएपछि मधेस प्रदेश सभामा यसको तयारी तीव्र पारिएको सभामुख मण्डलले जानकारी दिनुभयो। मधेस प्रदेश सभाको सरसफाइ, मर्मत तथा थप सौन्दर्यीकरणको काम सुरु भएको छ ।प्रदेश सभा सचिवालयका सचिव बासु कोइराला तथा उपसचिव विपिन कुमार ठाकुरको अगुवाइमा प्रदेश सभालाई नयाँ तरिकाले सजाउने काम सुरु भएको छ।१२ दिनदेखि अवरुद्ध मधेस प्रदेशसभा बैठक सञ्चालन गर्ने सम्बन्धमा शुक्रवार बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमतिमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सहमति समेत भएको र तीन बुँदै सहमति भएसँगै विवाद सुल्झिएको हो ।सभामुख रामचन्द्र मण्डलका अनुसार शुक्रवार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएसँगै मधेस सभाको गतिरोध अन्त्य भएको हो । विपक्षी दलहरूले उठाएको माग सम्बोधनसहित तीन बुँदे सहमति भएपछि गतिरोध अन्त्य भएको सभामुख मण्डलले बताउनुभयो ।सभामुख मण्डलकाअनुसार बैठकमा संसदीय छानबिन समिति गठन गर्ने, अब बस्ने सदनको बैठकमा योजना बिक्री वितरणबारे सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्न दिने सहमति भएको हो ।माओवादी केन्द्र संसदीय दलका नेता भरत साहका अनुसार अनधिकृत तवरबाट योजनाको चिठी बिक्री वितरणबारे चैत २७ गतेको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने र संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।यसै गरी चैत २६ गते सदन सुरु गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सहमति भएको दलका नेता साहले जानकारी दिनुभयो । अनधिकृत रूपमा कमिसन लिएर योजना बिक्री हुने गरेको आरोप लगाउँदै विपक्षी दल जसपा नेपाल र माओवादी केन्द्रले संयुक्तरुपमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका थिए ।सोही विवाद समाधानका लागि सभामुखको कार्यालयले शुक्रवार सर्वदलीय बैठक डाकेको थियो । चैत १० गतेदेखि मधेस सभाको बैठक अवरोध हुँदै आइरहेको थियो ।