सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गियर पेडरसनले सिरियामा इजरायलले निरन्तर रूपमा गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा गर्नु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताउनुभएको छ ।
मकवानपुरलगायत आसपासमा जिल्लाका जङ्गलमा लागेको डढेलोले वातावरण प्रदुषण हुँदा आँखाका बिरामीको सङ्ख्या बढिरहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताउनुभएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजले चालु आर्थिक वर्षको आठ महिनामा १४ करोड ४८ लाख ६९ हजार सात सय ८४ राजस्व सङ्कलन गरेको छ ।
गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताउनुभएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक शिक्षक महासङ्घसँग विगतमा भएका सम्झौताअनुसार छिटो आउनुपर्ने बताएको छ ।
सिंजा क्षेत्रको तिनवटा स्थानीय तहलाई लक्षित गरि मालपोत र नापी कार्यालय नरोकोटमा स्थापना गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताको नीति लिएर प्रदेश सरकार अगाडि बढेको बताउनुभएको छ ।
बाजुराको गौमुल गाउँपालिका–३ को अजयखोलामा झोलुङ्गे पुल बनेपछि बालबालिकालाई आउजाउमा सहज भएको छ ।
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–९ मैदानेमा श्रमदान मार्फत बौद्ध चैत्य निर्माण गरिएको छ । सहयोगी दाताहरुको आर्थिक तथा श्रमदान मार्फत चैत्य निर्माण गरिएको हो ।
बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उहाँ दिनभरि ई–रिक्सा चलाउनु हुन्छ । त्यसबाट उहाँ दैनिक करिब रु एक हजार ७०० कमाउनुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षभन्दा ३५० हेक्टर क्षेत्रफल बढी जग्गामा चैते धान रोपाई भएकोले उत्पादनमा वृद्धि हुने भएको हो ।
गुल्मी उद्योग वाणिज्य संघमा अध्यक्ष बाहेकका सबै पद सर्वसम्मत चयन भएका छन् । वाणिज्य संघको उपाध्यक्षमा इश्वरीप्रसाद बेलबासे, गोपालप्रसाद भुसाल र तारा भुसाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।