प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले समिति सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधनमा शोक व्यक्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार थाइल्याण्डको बैङककमा भेटवार्ता भएको छ ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्यमशीलताको प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले कमलपोखरीमा पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न निर्देशन दिनुभएको छ ।
नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल साता समाप्त हुँदै छ । यसै अवसरमा आज बैँकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीले कोभिड महामारी, रुस–युक्रेन युद्ध तथा आपूर्ति सङ्कटका कारण उत्पन्न आर्थिक चुनौतीहरूको सामना गर्दै मौद्रिक नीतिमा सुधार गरी देशको आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताउनुभयो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ ।
दक्षिण कोरियाको सर्वोच्च अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको छ। यससँगै उहाँ राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ हुनुभएको छ ।
पछिल्लो समय राजनीतिक नेतृत्व र राजनीतिप्रति युवा माझ बढिरहेको तिब्र बितृष्णालाई कम गर्न युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू प्रदान गर्नसक्नु पर्नेमा सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जोड दिनुभएको छ ।
सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गियर पेडरसनले सिरियामा इजरायलले निरन्तर रूपमा गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा गर्नु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताउनुभएको छ ।
मकवानपुरलगायत आसपासमा जिल्लाका जङ्गलमा लागेको डढेलोले वातावरण प्रदुषण हुँदा आँखाका बिरामीको सङ्ख्या बढिरहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताउनुभएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजले चालु आर्थिक वर्षको आठ महिनामा १४ करोड ४८ लाख ६९ हजार सात सय ८४ राजस्व सङ्कलन गरेको छ ।
गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताउनुभएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक शिक्षक महासङ्घसँग विगतमा भएका सम्झौताअनुसार छिटो आउनुपर्ने बताएको छ ।