• २८ चैत २०८१, बिहिबार

सिरियामा इजरायली आक्रमणको निन्दा

blog

न्युयोर्क, चैत २२ गते । सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गियर पेडरसनले सिरियामा इजरायलले निरन्तर रूपमा गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा गर्नु भएको छ । 

उहाँले मानवता विरोधी कार्यको विरोध गर्दै आक्रमणको कारण निर्दोष नागरिकले ज्यान गुमाउनु परेको बताउनुभएको छ ।

त्यस्ता क्रियाकलापले यस क्षेत्रको शान्ति तथा नयाँ सिरिया निर्माण प्रयासलाई कमजोर बनाई संवेदनशील समयमा सिरियालाई अस्थिर बनाउने पेडरसनले विज्ञप्तिमार्फत जनाउनु भएको छ । 

विशेष दूतले इजरायललाई  यस्ता आक्रमणहरू रोक्न आह्वान गर्दै यस्ता काक्रमणले अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै सिरियाको सार्वभौमिकता र विद्यमान सम्झौताहरूको सम्मान गर्न एकपक्षीय आक्रमण रोक्न आह्वान गर्नुभएको छ ।

उहाँले सम्बन्धित पक्षलाई सुरक्षा सुनिश्चित गरी थप तनाव रोक्न कूटनीतिक समाधान र संवादलाई प्राथमिकता दिनसमेत आग्रह गर्नुभएको छ । रासस/एएनआई