अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न गठन गरिएको अन्तरिम सरकारले देशको आर्थिक अवस्था सुधारका लागि निरन्तर काम गरिरहेको बताउनु भएको छ।
राजधानीमा जारी एनपिएलमा अर्धशतकको सङ्ख्या ३५ पुगेको छ । आज जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३५ पुगेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आज सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गर्नु भएको छ।उहाँले आज संसद् भवन परिसरभित्र ‘जेनजी सहिदका सालिक’ का लागि निर्माण गर्न आवश्यक ठाउँको अवलोकन पनि गर्नुभएको मन्त्री अर्यालको सचिवालयल जनाएको छ।
कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव सोमबारदेखि सुरु हुदैछ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आइतबार मन्त्रालयको जिम्मेवारी तोक्दै मन्त्रिपरिषद् गठन गर्नुभएको हो।
नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटनले जनताको आवाज बुलन्द गर्ने बताउनुभएको छ ।
जेनजी आन्दोलानकर्मीको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी तथा जेनजी आन्दोलनका अगुवाबिच गृह मन्त्रालयमा छलफल भएको छ।
पहिलो खेलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले काठमाडौँ चेस क्लबमाथि जित निकालेको छ । ललितपुर महानगरपालिका टिमले भक्तपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गरेको छ ।
लगानीअनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरूले लगाउन छाड्दै गएपछि लोप हुने अवस्थामा पुगेको कालानमक धानको संरक्षणका लागि बाँके बैजनाथका कृषक गंगानारायण चौधरी सक्रिय हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वन क्षेत्रमा सुधारको लागि आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्ने बताउनु भएको छ।
सभापोखरी गाउँपालिकामा पाँच शैयाको अत्याधुनिक आधारभूत अस्पताल शनिबारदेखि सञ्चालनमा आएको छ ।
आठ वर्षअघि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० मा किचकिचे चिन्तु खानेपानी लिफ्ट सिँचाइ खानेपानी सुरु गर्दा यहाँका ११० घरधुरीलाई अब खानेपानीको सुविधा घरमै उपलब्ध हुने आशा पलाएको थियो ।
एक हजार ३० मिटरको उचाईमा अवस्थित टुँडिखेलबाट उत्तरतर्फ अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै दर्जनौँ हिमचुचुरा आँखैअगाडि देखिन्छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाटले माया गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । प्रतिष्ठान गण्डकीले पहिलो पटक महिला नेतृत्व पाएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जितका लागि कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई एक सय ३० रनको सामान्य लक्ष्य दिएको छ ।