भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई बुझाएका छन्।
अर्घाखाँची जिल्लाको शितगगा नगरपालिकाको कोप्चिबासमा बस दुर्घटना भएको छ। दाङ जाँदै आएको रा १ ख १५०५ नम्बर बस शितगगा नगरपालिका वाड न ४ कोप्चिबास भन्ने स्थान दुर्घटना भएको हो।
नेप्लिज तेक्वान्दो एकेडेमी र सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले बिहीबार संयुक्तरुपमा ग्रान्डमास्टर दिवाकर महर्जनलाई सम्मान गरेको छ ।
बिहीबारबाट सातदोबाटो–बालकुमारी सडक रातको समयमा ६ घण्टा बन्द हुने भएको छ। ग्वार्को फ्लाईओभर निर्माणका लागि काम गर्नुपर्ने भएकाले रातको समयमा उक्त सडकखण्ड बन्द हुने भएको हो।
मधेश प्रदेश सरकारले आज तीन जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेको छ ।
सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई कायममुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।
सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ९ गते हुने चौथो दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सोडारीलाई बिहीबार साँझ मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो।
बाँकेको जानकी गाउँपालिका-६ पिपरहवास्थित राजेश जैनले सञ्चालन गरेको बाहुबली जडीबुटी प्रशोधन उद्योगमा आगलागी भएको छ । विद्युत चुहावट ‘सर्ट’ भएर भएको आगलागी दिउँसो नियन्त्रणमा आएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।
विवाह, व्रतबन्ध तथा अरू थुप्रै सामाजिक कार्यक्रम भइरहने विराटनगरको अतिथि सदनमा बिहीबार गाउँतिरबाट आएका आदिवासी समुदायका मानिसहरूको बाक्लो उपस्थिति थियो। धेरैजना जहदा गाउँपालिकाका विभिन्न टोलबाट त्यहाँ भेला भएका थिए।
भ्रष्टाचारविरुद्धको एक दशक लामो कारबाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैङ्कका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठुलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ ।
कोशी प्रदेशसभाको आजकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सो प्रस्ताव पेस गर्नुभएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारपछि लुम्बिनीमा मन्त्रालयको सङ्ख्या ११ पुगेको छ ।
इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ ।