साधन घर्ती
म्याग्दी (दरबाङ), मङ्सिर २१ गते । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२, रणबाङस्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध. १ ज. ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडाका चालक ३७ वर्षिय सुजन सेनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक गोविन्द सुवेदीका अनुसार गएराति करिब साढे १ बजेको समयमा सोही वडाको डौँडेखोला भन्ने ठाउँमा एकजना यात्रुलाई छोडेर फर्किने क्रममा दुर्घटना भएको हुन सक्ने बताउनुभयो ।
सडकदेखि करिब साढे एक सय मिटर तल नदी किनारमा शवसँगै ट्याक्सीको नम्बर प्लेट लगायत विभिन्न पार्टपुर्जाहरू भेटिएका छन् । घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो, ‘‘म्याग्दी नदी किनारमा चालकको शवसँगै ट्याक्सीको विभिन्न पार्टपुर्जाहरू फेला परेको छ ।”