• २२ मङ्सिर २०८२, सोमबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, मङ्सिर २१ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१, केउरनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । 

दलदलेबाट अपरापुरीतर्फ जाँदै गरेको प्र.३–०३–००१ प. ८७३३ नम्बरको मोटरसाइकल सडक डाइभर्सनका लागि राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा मोटरसाइकल चालक गैँडाकोट नगरपालिका–१४, अमरापुरीका ३२ वर्षीय जीवन क्षेत्रीको उपचारको क्रममा पुरानो मेडिक कलेज भरतपुरमा मृत्यु भएको हो ।  

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३७ वर्षीय शङ्कर क्षेत्री घाइते हुनु भएको छ । उहाँको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।