कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको बिहीबार राती हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताउनुभयो ।
तनहुँको बन्दीपुर गाउँपालिकाले सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । गाउँपालिकाले एक वर्षकै अवधिमा करिब २० किलोमिटर कालोपत्रे गरेको छ । कालोपत्रेले यात्राको समय छोटिएको छ भने कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषिउपज ढुवानी गर्न सहज भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् ।
बिहीबार नियुक्त सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पहिलो पटक मन्त्री परिषद् बिहीबार नै विस्तार गर्नुभएको छ ।
सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ मा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
नवलपुरको गैँडाकोट कालीगण्डकी चोकबाट सुरु भएर पाल्पाको पिपलडाँडासम्म झन्डै १३२ किलोमिटर कालीगण्डकी कोरिडोरको करिब ९५ प्रतिशत काम सम्पन्न भएर कालोपत्रे भइसकेको छ । पिपलडाँडाबाट राम्दीपुल तीन किलोमिटर, स्याङ्जाको गल्याङ साढे १७ किलोमिटर, पाल्पा तानसेन बजार २८ किलोमिटर, बुटवल ६२ किलोमिटर र पोखरा ९५ किलोमिटर दुरीमा पर्छ । नारायणघाट–बुटवल सडकखण्ड र मुग्लिङ–पोखरा सडकखण्ड मर्मतको क्रममा रहेकाले यात्रा गर्न कठिन हुँदा धेरै यात्रुका लागि कालीगण्डकी कोरिडोर अहिले वैकल्पिक मार्ग भएको छ ।
म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) ले यसको संयोजन गरेको हो । १५/१५ लाख रुपियाँ लागतमा जिल्लाका अन्नपूर्ण गाउँपालिका–४, स्थित प्रभा मावि, रघुगङ्गा गाउँपालिका–३ स्थित ज्ञानोदय मावि र धवलागिरि गाउँपालिका–४ स्थित बुद्धिविकास माविमा कम्प्युटर ल्याब स्थापना गरिएको हो ।
छ वर्षदेखि विद्युत् महसुल नतिरेपछि तीन वटा मुख्य राजनीतिक पार्टीको जिल्ला कार्यालयमा जडान गरिएको बत्तीको लाइन काटिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालयको लाइन काटिएको हो । नियम अनुसार तीन महिनाभित्र विद्युत् महसुल बुझाउनुपर्ने भए पनि राजनीतिक पार्टीले छ वर्षसम्म बिजुली बालेर महसुल नतिरेको पाइएको छ । बाध्य भएर लाइन काटिएको विद्युत् वितरण केन्द्रका जिल्ला प्रमुख जनार्दन पौडेलले बताउनुभयो । वितरण केन्द्रको महसुल सूची अनुसार कांग्रेसले ४१ हजार, एमालेले १८ हजार र माओवादी केन्दले ४७ हजार गरी एक लाख आठ हजार रुपियाँ विद्युत् महसुल तिर्नुपर्ने देखिन्छ ।
पूर्वपश्चिम राजमार्गमा अवस्थित लालबन्दी नगरपालिका शिक्षा, स्वास्थ्य र अन्य सुविधामा तुलनात्मक रूपमा सर्लाहीका २० स्थानीय तहमध्ये विकसित मानिन्छ । पछिल्लो समय जिल्लाभरमा बासस्थान, शिक्षाका लागि जिल्लावासीको प्रमुख रोजाइमा पर्न थालेको छ ।
चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्म गण्डकी प्रदेश सरकारको खर्चको अवस्था निराशाजनक देखिएको छ । चैत मसान्तसम्म प्रदेश सरकारले चौबिस दशमलव बयासी प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
एक साताभित्रमा मन्त्रालय टुङ्गो लगाउने गरी बिनाविभागीयमन्त्री बन्नुभएका मन्त्री रमा आलेमगरको मन्त्रालयको अझै टुङ्गो लागेको छैन । गत चैत २० गते मन्त्रीपरिषद् विस्तार गर्दा मन्त्री आलेमगरलाई जिम्मेवारी पछि तोकिने गरी मन्त्री पदको पद तथा गोपनीयताको शपथ गराइएको थियो ।
ओमानमा जारी एसिसि प्रिमियर कप अन्तर्गत आज सेमिफाइनल हुँदै छ । जस अन्तर्गत नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
यही वैशाख १५ गते हुने बझाङ जिल्लाको (क) उपनिर्वाचनका लागि उम्मेदवारहरू गाउँ गाउँ पुगेर मतदातालाई पक्षमा फकाउन थालेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न दल तथा उम्मेदवारले घरदैलो भेटघाट र निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवार तथा दलका नेता कार्यकर्तालाई मतदाता भेटघाट गर्न भ्याइनभ्याइ छ । जनमत आफ्नो पक्षमा ल्याउन उम्मेदवारहरू विभिन्न रणनीति तथा नारा बोकेर गाउँ गाउँ छिरेका छन् । गाउँबस्तीमा निर्वाचन सरगर्मी पनि बढेको छ ।