भजनी नगरपालिका–१ स्थित नरबहादुर बाब्लीको परिवारले ५७ वर्षदेखि बासका लागि सङ्घर्ष गरिरहेको छ । बाब्लीले विसं २०२४ मा तेजनारायण श्रेष्ठबाट तीन हजार रुपियाँमा किनेको कित्ता नम्बर ५३ को छ कट्ठा पाँच धुर जग्गा अझै आफ्नो बनाउन सक्नुभएको छैन । तत्कालीन जग्गाधनी तेजनारायण श्रेष्ठले २०२१ सालमा नापी गर्न खोज्दा वनले पनि दाबी गरेपछि काम रोकिएको मालपोत कार्यालय धनगढीको रेकर्डले देखाउँछ । मालपोतको रेकर्डमा ‘रेन्जर कार्यालय र तेजनारायणको तेरोमेरो विवाद रहेको’ भन्ने उल्लेख छ ।
भारतमा कात्तिक १७ गते दुर्घटनामा परी सुर्खेत चौकुनेका एकै परिवारका पाँच जनाको मृत्यु भयो । रोजगारीको सिलसिलामा कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलकामा उनीहरूको मृत्यु भएको हो । भारतमै पुस २० गते भएको सडक दुर्घटनामा दैलेख जिल्ला दुल्लु नगरपालिका–१० का एकै परिवारका दुई जनाको मृत्यु भयो । उनीहरू रोजगारीका लागि भारतको गुजरात पुगेका थिए ।
दोलखाको भीमेश्वर नगरपालिका–६, चोथाङस्थित बहु सांस्कृतिक सङ्ग्रहालय क्षेत्रमा निर्माण भएको गुरु रेम्बोर्छे (पद्मसम्भव) को मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । बिहीबार वडा नम्बर ६ को आयोजनामा बौद्ध धर्मगुरु उर्गेन छ्योङ हेसे डोल्पो टुल्कु रिन्पोर्छेले पूजासहित पद्मसम्भवको प्राणप्रतिष्ठा गर्नुभएको वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यक्रममा खेन्पो सोनम छिरिङ तामाङ, खेन्पो मिग्मार लामा दर्जनौँ लामा गुरुको समेत उपस्थिति थियो । वाङ आयुबाट अभिशेष पूजा कार्यक्रमसमेत भएको छ ।
यतिबेला सरकारले तेस्रो लगानी सम्मेलनको तयारीलाई तीव्र बनाएको छ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा हुने सम्मेलनले मुलुकको अर्थतन्त्रमा केही समययता देखिएको शिथिलतालाई चलायमान बनाउने आकलन गर्न थालिएको छ । मुलुकको समग्र विकासमा तीव्रतर फड्को मार्नका लागि स्वदेशी पुँजी, प्रविधि र सिपले मात्र सम्भव हुँदैन, बाह्य लगानी आवश्यक पर्छ । विश्व बजारमा लगानी गरेर मुनाफा आर्जन गर्ने वैश्विक प्रवृत्ति छ तर राज्यका ऐन कानुनले लगानीको वातावरण त
प्रजातान्त्रिक गणतन्त्रात्मक देश दक्षिण कोरियामा एकात्मक शासन व्यवस्था छ । राष्ट्रपति जनताद्वारा प्रत्यक्ष र गोप्य मतदानबाट निर्वाचित हुने र राष्ट्रप्रमुखको रूपमा रहने प्रावधान छ । देशको शासन सञ्चालनको कार्यकारी अधिकार एक्जुकेटिभ ब्रान्चमा रहने र उक्त ब्रान्चको प्रमुख राष्ट्रपति रहन्छन् । राष्ट्रपतिको पदावधि पाँच वर्षको हुने र ततपश्चात् पुनःनिर्वाचित हुन नसक्ने संवैधानिक व्यवस्था छ । डेमोक्रेटिक रिपब्लिक अफ कोरियाको संविधान जुलाई १७, सन् १९४८ मा जारी भएको हो । ततपश्चात् नौ पटक संशोधन भएको छ भने अन्तिम पटक अक्टुबर २९ सन् १९८७ मा संशोधन भएको छ । समृद्धि र विकासका लागि संविधा
सार्वजनिक तथा अन्तर्राष्ट्रिय मामिलाको विवेकशील र सामयिक व्यवस्थापनसम्बन्धी आवश्यक नीति सार्वजनिक नीति हो । सरकारको कार्यविभाजन अन्तर्गत मन्त्रालयको कार्य विवरणबमोजिम चाहिने उपयुक्त नीति सार्वजनिक नीतिका उदाहरण हुन् । यसमा परराष्ट्र तथा सुरक्षा वा सामरिक नीति पनि समावेश हुन्छन् । समग्रमा सार्वजनिक चासो र सरोकारले सृजित सार्वजनिक हितलाई तार्किक प्रवृत्ति र समयसापेक्ष रूपान्तरण गर्न चाहिने नीतिगत मार्गदर्शन सार्वजनिक नीति हो । सार्वजनिक नीतिको साध्य सार्वजनिक मामिलाको उचित नियमन, नियन्त्रण तथा सन्तुलन राख्दै राजनीतिक समुदाय वा प्रणालीको प्रवर्धन नै हो । सार्वजनिक शासन र प्रशासनको
सार्वजनिक सेवा प्रवाहद्वारा आफ्ना नागरिकलाई सन्तुष्ट पार्नु प्रत्येक राष्ट्रलाई चुनौती हो, नेपाल यसको अपवाद हुन सक्दैन । सुशासनका लागि सरकारी स्रोतसाधनको अधिकतम सदुपयोग गरी गुणयुक्त सार्वजनिक सेवा दिन संवैधानिक, कानुनी र कार्यात्मक नियम निर्देशिका लागु गर्न नेपालले कुनै कसर बाँकी राखेको छैन । सुशासनको मूल सार पारदर्शिता, जवाफदेही र सहभागितासँगै सरकारी सेवाको लाभ आममानिससम्म पु¥याउनु हो । संविधानको प्रस्तावनामा नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा मुखरित छ ।
सङ्घीयता भनेकै प्रदेश सरकारहरूको उपस्थिति हो । स्थानीय सरकार एकात्मक शासनमा पनि हुन्छन् । नेपालमा सङ्घीय संरचना बनेको छ वर्ष बितिसकेको छ । स्थानीय र सङ्घ दुवैलाई अड्याउने बिचको सरकार प्रदेश हो तर नेपालमा प्रदेश सरकार सबैभन्दा कमजोर अवस्थामा देखिएको छ । यसको सबलीकरणबिना सङ्घीयता सफल हुने कल्पना गर्न सकिँदैन ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगमा तीन वर्षपछि सचिव नियुक्ति गरिएको छ । मन्त्रीपरिषद्को बिहीबारको बैठकले मुरारीप्रसाद खरेललाई आयोगको सचिव नियुक्त गरेको हो । तत्कालीन सचिव वेद भट्टराई २०७८ जेठ १३ गते अवकाश हुनुभएपछि आयोग सचिवविहीन थियो । भट्ट्राईको अवकाशपछि मुरारीप्रसाद खरेललाई नै कामु सचिवको जिम्मेवारी दिइएको थियो । आयोगमा संवैधानिक परिषद्को सिफारिसमा अध्यक्ष तथा सदस्य नियुक्त गर्ने व्यवस्था भए पनि सचिव नियुक्तिका लागि भने आयोग आफैँले सरकारलाई सिफारिस गर्ने व्यवस्था छ ।
पशु सेवा विभागले भेडाबाख्रामा लाग्ने पिपिआर रोग र बङ्गुर हैजा तीन वर्षमा पूर्ण रूपमा नियन्त्रण गर्ने गरी योजना अगाडि बढाएको छ । त्यसका लागि विभागले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा त्यसलाई समावेश गरेको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले खोप उत्पादनमा वृद्धि गरी आगामी तीन वर्षमा यी दुई वटै रोग मुक्त गर्ने लक्ष्य बनाएको बताउनुभयो । “हालसम्म उत्पादन भइरहेको खोपबाट ५०–६० प्रतिशत बङ्गुर तथा भेडाबाख्रामा मात्र खोप लगाइन्थ्यो । आगामी आर्थिक वर्षदेखि खोप उत्पादन वृद्धि गरी ९० प्रतिशतमा लगाउने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मान्यता अनुसार ९० प्रतिशतमा खोप लगाइयो भने रोग उन्मूलन भएको मानिन्छ, हालसम्म हामी ५०–६० प्रतिशतभन्दा अगाडि बढ्न सकेका छैनौँ ।”
नाम्खा गाउँपालिका हिमालपारिको गाउँमा रहेका लिमीका युवा महाँकाल नाचको संरक्षणमा लागेका छन् । नाचलाई लोप हुन नदिन युवाहरू अघिल्लो पुस्ताबाट नाच सिकेर यसको संरक्षणमा लागेका हुन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले महाँकाल नाच लोप नहोस् भन्नका लागि पछिल्लो पुस्ता यसको संरक्षणमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “फुर्सदको समय निकालेर युवाहरू अघिल्लो पुस्तासँग अनुहारमा मुकुन्डो लगाउने र शरीरमा परम्परागत पहिरनमा सजिएर नाच सिकिरहेका छन्,” उहाँले भन्नुभयो, “लोप होला भन्ने चिन्ताले युवाहरू स्वस्फूर्त रूपमा नाच सिक्न थाल्नु सकारात्मक कार्य भएको बताउनुभयो ।
दाङको लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । आगलागीबाट लमही नगरपालिका –९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटका मृत्यु भएको हो ।
हाल मूलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
चलचित्र होस्टेलको तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ । चलचित्रमा सशान कँडेलको निर्देशन तथा लेखन रहने छ । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउन लागेको हो । निर्माताका रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सहनिर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहनुभएको छ । होस्टेलमा बसेर अध्ययन गरिरहेका युवाको घटनामा आधारित चलचित्र रहने निर्देशक कँडेलले बताउनुभयो ।