आँखैमा निलगिरि र तिलिचो हिमाल, ढुम्बा तालसहितको आकर्षक दृष्यहरू ठोकिन्छ । गाउँको शिरानमा धार्मिक गुम्बा र ऐतिहासिक प्राकृतिक गुफाहरू लस्करै छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि भने सेवा प्रवाहमा केही असहजता आएको थियो ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो डायलासिस सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसको निर्माण कार्य अन्तिम अवस्थामा रहेको र छिट्टै सेवा सुरु गर्ने लक्ष्य राखिएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिकाको लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
सडक सीमा चौडा गर्ने कार्य सुरु गरिएसँगै हेटौँडा बजारक्षेत्रमा विद्युत्सहित टेलिफोन र इन्टेरनेट सेवा अवरुद्ध बनेको छ । शनिबार बिहानैबाट अवरुद्ध भएको विद्युत् ३६ घण्टापछि हेटौँडा बजारको राजमार्ग
तनहुँमा बालबालिकालाई लक्षित स्वर्णविन्दु प्राशन कार्यक्रम सोमबार दोस्रो पटक सञ्चालन गरिएको छ ।
गुल्मी र स्याङ्जा जोडने मोटरेबल पुल जीर्ण बन्दै गएको एक दशकभन्दा बढी हुँदा पनि जीर्ण पुलबाटै जोखिम मोलेरै यात्रा गर्न यहाँका सवारी चालक र यात्रु बाध्य बनेका छन् । जहाँ नयाँ पुल निर्माणको चर्चा भए पनि चर्चामा मात्रै सीमित भएको छ ।
उदयपुर जिल्ला र दक्षिणी खोटाङबिच पहिलो पटक सिधा यातायात सञ्चालनमा आउने भएको छ । दुई जिल्लाबिच सिधा यातायातमा बाधक बनेको सुनकोशी नदीको वंशिलाघाटमा पहिलो पटक बे
बागलुङको ताराखोला गाउँपालिका–५ कराचेमा निर्माणस्थलमा रोकिएको जेसीबीमाथि पहिरो खस्दा सह–चालकको मृत्यु भएको छ ।
जिल्लाको पर्यटकीय तथा औषधीय महत्त्व बोकेको रानीशैन हिमाल क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ । चोरी–सिकारी, अवैध जडीबुटी सङ्कलन तथा तस्करी गतिविधि तीव्र बन्दै गएपछि गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाइएको हो ।
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा राजविराज नगरपालिकाले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय नीतिसहितको निर्देशिका सार्वजनिक गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ ।
निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।