पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकहरू पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ ।
प्रहरीले गोकर्णेश्वरबाट अटोमेटिक पेस्तोल एक थान र सोही पेस्तोलका गोली चार राउण्डसहित एक जनालाई पक्राउ गरेको छ ।
लहान नगरपालिका–४ खुटीखोलामा आर्यघाट निर्माण कार्य सुरु भएको छ । वर्षौँदेखि आर्यघाट निर्माण हुनुपर्ने सहरी क्षेत्रका बासिन्दाहरूले माग गरिरहेको आर्यघाट निर्माण कार्य सुरु भएपछि खुसी देखिएका छन् ।
इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ ।
नेपालगन्जमा विद्युतीय सवारी साधनको लागि फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क परिसर भित्र नमस्ते गोर्खाली यातायात सेवा प्रालिले सो चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरूको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ ।
स्थानीय बजारमा पहेँलो धातुका मूल्य शुक्रबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला सात सयले उकालो लागेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा बाँकेमा सङ्घीय सरकारतर्फको कुल पुँजीगत विकास बजेटमध्ये ६० प्रतिशत बजेट खर्च भएको पाइएको छ ।
एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ ।
वन विनाशले पानीका मुहान सुक्दै गएको हामी सबैले सुन्दै आएका छौँ तर, बैतडी सिगास–१, को सेला सामुदायिक वनमा सल्लाको वन बढ्दा पानीका मुहान सुक्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ ।
चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रबार बिहानै एक घरमा आगलागी भएको छ । फुङ्लिङ नगरपालिका–६ गुम्बाडाँडा, गैरीगाउँ टोलका स्थानीय गणेश गुरुङको घरमा आगलागी हुँदा २४ लाख रुपियाँ बढीको क्षति भएको हो ।
गुल्मीको छत्रकोट गाउँपालिकाको आयोजनामा दिगाममा आज [एक दिन मात्र] उखु महोत्सव हुँदै छ । यस गाउँपालिकाभित्रका कृषकहरूले उत्पादन गरेको उखु खेतीलाई प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने उद्देश्यसहित उखु महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।