ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा भरियाको काम गर्दै आएकाहरूको प्रमाणीकरण गरिने भएको छ ।
नेपाललाई ६ विकेटले पराजित गर्दै संयुक्त अरब इमिरेट्स (युएई) एसिसी मेन्स प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । युएईले ओमान र हङकङबिचको सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।
गुल्मीमा विद्यालय तहका विद्यार्थीहरूको दृष्टि परीक्षण गरिने भएको छ । जिल्ला समन्वय समिति र नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाको संयुक्त आयोजनामा तम्घासमा भएको एक कार्यक्रममा विद्यालय तहका विद्यार्थीको दृष्टि परीक्षण अभियान-२०८१ घोषणा गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ ।
चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
गण्डकी प्रदेश सभाको शुक्रबारका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो भएको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
इजरायलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शुक्रबार ‘पूर्णरूपमा तनाव कम गर्न’ आह्वान गर्दै जी७ समक्ष काप्रीमा हुने वार्तामा यस विषयमा छलफल गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताउनुभएको छ ।
नवलपुरको सदरमुकाम कावासोतीस्थित मध्यविन्दु जिल्ला अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि बहिरङ्ग (ओपिडी) सेवा ८ घण्टा सञ्चालन हुने गरेको थियो । त्यसलाई बढाएर १२ घण्टा सञ्चालनमा आएको हो ।
शुक्रबारदेखि सुरु भएको भारतको आम निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) का वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि सत्तामा रहन सक्ने निर्णय झन्डै एक अर्ब मतदाताले गर्नेछन् ।
त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज बिहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट समानुपातिक सांसद बन्नुभएको हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
कालीकोटको शुभकालिका गाउँपालिका–६ मा रहेको चन्द्रसूर्य माध्यमिक विद्यालयमा अध्ययनरत यामुना आचार्यको महिनावारी समयमा कहिलेकाहीँ पेट दुख्छ ।
बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।
कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । गत चैत २७ गते मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भए पनि हालसम्म अन्य मन्त्रालयहरू भने मन्त्रीविहीन भएका छन् ।