कर्णाली कोरिडोर कनकासुन्दरी गाउँपालिकाको भुलभुलैयाबाट मुगु जोड्न चट्टान काटेर निर्माण गरिएको सडक । उक्त सडक मुगु हुँदै हुम्ला जोडिन्छ ।
पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन हुनुभएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार दिउँसो साढे एक बजे शङ्खमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानुनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकाका लागि प्रवेशमा रोक लगाएको छ ।
मधेश प्रदेश सरकारले हमास समूहको आक्रमणमा मृत्यु भएका धनुषाका आनन्द साहको परिवारलाई सहयोग स्वरूप पाँच लाख रुपियाँ उपलब्ध गराएको छ ।
स्याङ्जामा यो वर्ष एक हजार ४९२ हेक्टर जङ्गलमा डढेलोले क्षति पुर्याएको छ ।
पोलमा चढेर विद्युत जोड्ने क्रममा इलाम नगरपालिका–८ मा एक व्यक्तिको ज्यान गएको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका-९ काल्खुमा चैत्र पूर्णिमाको अवसरमा काल्खु मेला हुने भएको छ । विगत लामो समयदेखि चैत्र पूर्णिमाको अवसर पारी चैत्र पूर्णिमादेखि पञ्चमीसम्म सञ्चालन हुँदै आइरहेको ऐतिहासिक काल्खु मेला यस वर्ष पनि हुने भएको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा भरियाको काम गर्दै आएकाहरूको प्रमाणीकरण गरिने भएको छ ।
नेपाललाई ६ विकेटले पराजित गर्दै संयुक्त अरब इमिरेट्स (युएई) एसिसी मेन्स प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । युएईले ओमान र हङकङबिचको सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।
गुल्मीमा विद्यालय तहका विद्यार्थीहरूको दृष्टि परीक्षण गरिने भएको छ । जिल्ला समन्वय समिति र नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाको संयुक्त आयोजनामा तम्घासमा भएको एक कार्यक्रममा विद्यालय तहका विद्यार्थीको दृष्टि परीक्षण अभियान-२०८१ घोषणा गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ ।
चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
गण्डकी प्रदेश सभाको शुक्रबारका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो भएको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
इजरायलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शुक्रबार ‘पूर्णरूपमा तनाव कम गर्न’ आह्वान गर्दै जी७ समक्ष काप्रीमा हुने वार्तामा यस विषयमा छलफल गर्ने बताउनुभएको छ ।