• २२ मङ्सिर २०८२, सोमबार

भालुको आक्रमणबाट दुई जना घाइते

blog

रसुवा, मङ्सिर २२ गते । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन् । 

भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल छन् । 

उनीहरूलाई आज बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।निजी जमिनमा घाँस काटिरहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन् ।  

भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।रासस