भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो ।
नेपालमा पहिलो पटक बिजुलीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा अध्ययन, अनुसन्धान गर्नका लागि प्राज्ञिक निकाय र निजी क्षेत्रबिच सम्झौता भएको छ।
तनहुँमा एक युवकले शुक्रबार दिउँसो २ः १५ चक्कु प्रहार गरी आफ्नो बुबाको हत्या गरेको आरोप लागेको छ।
म्मेदवारदेखि केन्द्रीय स्तरका नेतासमेत नमस्कार गर्दै पसल भित्रै पुग्ने गरेका छन्। सुमित्रा भन्नुहुन्छ, ‘अरुबेला नमस्कार गर्दा नफर्काउने नेता भोटका लागि ढोग्दै आएका हुन्।
कर्णाली प्रदेश सरकारलाई छिटो पूर्णता दिन प्रदेश सभा सदस्यहरुले आग्रह गर्नुभएको छ । सरकारले पूर्णता नपाउँदा सरकारका काम कारवाही प्रभावित बनेको भन्दै प्रदेश सभा सदस्यले छिटो पूर्णता दिन आग्रह गरेका हुन् ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौँ-तराई-मधेश द्रूतमार्गसहित चार वटै उत्तर-दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शतप्रतिशत नै लक्ष्य हाँसिल भइरहेको बताउनुभएको छ ।
जुम्लाको सिञ्जा गाउँपालिका-२ ले वडाभित्रका चार सय घरधुरीलाई घर बीमा गरिएको छ । गत वर्ष असोजमा अबिरल वर्षाले बाढी पहिरो गई यहाँका अधिकांश घरमा क्षति पुगेको थियो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन ‘सिजल’ ले स्वास्थ्यको समृद्धका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताउनुभएको छ।
आज अप्रिल १९, ‘विश्व कलेजो दिवस’ । कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धन गर्न हरेक वर्ष आजको दिन विश्व कलेजो दिवस मनाइन्छ । यस दिवसको महत्वको बारेमा मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ।
नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका विद्यालयहरूको वर्गीकरण गर्दै शुल्क समेत निर्धारण गरेको छ ।
बुटवलको जितगढी किल्लामा आजभन्दा २०९ वर्ष अघि नेपाल अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा नेपाली फौजले जित हासिल गरेको स्मरणमा बुटवलमा शुक्रबार विजय उत्सव मनाइएको छ।
माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् ।
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको छ ।
कोशी प्रदेश सभामा पेस भएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएपछि वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने भएको छ ।