नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हरिलाल पौडेलद्वारा रचना गरिएको प्रक्रियासार कौमुदी (प्रयोगात्मक संस्कृत भाषा व्याकरण) पुस्तकको लोकर्पण गरिएको छ ।
नवलपुरको कावासोती नगरपालिका –४ हसौराका वासिन्दाले वर्षौदेखि जोत कमोद गर्दैआएको जमिन दर्ताको माग गर्दै सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालय घेराउ गरेका छन् ।
काठेखोला गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अमर मावि बिहुँले जितेको छ । गत शनिबारदेखि काठेखोला गाउँपालिका –६ मा रहेको भीमसेन माध्यमिक विद्यालयमा सञ्चालित सातौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड अमर माविले हात पारेको हो ।
इजरायली कब्जामा रहेका सेनाले सोमबार कब्जा गरिएको वेस्ट ब्याङ्कबाट छ जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाएको छ ।
थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखेका छन् ।
गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा.सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’को आज यहाँ एक समारोहबिच विमोचन गरिएको छ ।
सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् ।
गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।
कालीकोट जिल्लाको महावै गाउँपालिकाले एक आर्थिक वर्षमा ७० लाख नजिक रकम होचुवाको तालमा वितरण गरेको पाइएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताउनु भएको छ ।
भारतीय राजदूतावासबाट प्राप्त एम्बुलेन्स गोसाइँकुण्ड गाउँपालिकाले टिमुरे स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
थासाङ गाउँपालिका–५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा भालुका कारण मानवीय जोखिम बढेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको शिवालय गाउँपालिका–१ को चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीमाथि रकम हिनामिनाको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ।
जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशितरूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत वृद्धिभन्दा बढी हो ।