गोकर्ण पौडेल
तुलसीपुर, मङ्सिर २२ गते । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हरिलाल पौडेलद्वारा रचना गरिएको प्रक्रियासार कौमुदी (प्रयोगात्मक संस्कृत भाषा व्याकरण) पुस्तकको लोकर्पण गरिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा भागवतप्रसाद शर्मा र विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक भोजराज जोशीले लोकार्पण गर्नुभयो । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापीठका सहप्राध्यापक डा. रघु नेपालले किताबमा
आधुनिक शिक्षाबाट संस्कृत शिक्षामा अध्ययन गर्न आउने विद्यार्थीका लागि निकै सहज हुने बताउनुभयो ।
उहाँले किताब पाठ्यक्रममा आधारित रहेकाले संस्कृत भाषा सिक्नेका लागि उपयोगी हुने बताउनुभयो । केन्द्रीय आयुर्वेद विद्यापीठका उपप्राध्यापक डा. नीलकण्ठ आचार्यले पुस्तक आयुर्वेद स्नातक तह (विएएमएस) मा अध्ययरत विद्यार्थीले अध्ययन गर्ने चरक संहित, सुश्रुत संहिताजस्ता विषयमा ज्ञान प्राप्त गर्नका लागि सहज हुने बताउनुभयो ।
केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीको आयोजनामा पुस्तकको लोकार्पण गरिएको हो । पुस्तकको प्रकाशक दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान रहेको छ । कार्यक्रमको सञ्चालन केन्द्रीय विद्यापीठका उपप्राध्यापक राजन सिग्देलले गर्नुभएको थियो ।