१५ औँ संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस तथा पाँचौँ राष्ट्रिय चिनियाँ भाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । ‘पारस्परिक शिक्षाको साँघुमार्फत संस्कृतिहरू जोड्दै’ मूल नाराका साथ काठमाडौँस्थित एलआरआई स्कुलमा आयोजित कार्यक्रममा चिनियाँ भाषा अध्ययनरत विद्यार्थीले नृत्य तथा वक्तृत्वकला प्रस्तुत गरेका थिए । चिनियाँ सरकारले नेपाली विद्यार्थीलाई भाषाको अतिरिक्त ज्ञान दिने उद्देश्यले नेपालका विश्वविद्यालय तथा विद्यालयमा चिनियाँ मूलका शिक्षकद्वारा चिनियाँ भाषाको अध्यापन गराउँदै आएको छ ।
चलचित्र ‘महाजात्रा’ प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपियाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपियाँ कमाइ भएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउनुका साथै चलचित्रको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवर्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको निर्माता दीपेश खत्रीले बताउनुभयो ।
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणका क्रममा देखिएका समस्या समाधान गरी निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको छ । यसमा आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिने निर्णय पनि समितिले गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा आवेदन दिएकामध्ये अन्तर्वार्ताका लागि १६ जना छनोट भएका छन् । उपकुलपति छनोटका लागि मन्त्रालयले गठन गरेको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदकमध्ये १६ जनाको सूची तयार गरेको हो । अन्तर्वार्ताका लागि शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया र विनोद पराजुली छनोट हुनुभएको छ । त्यसै गरी देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, राजकुमार पोख्रेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल अन्तर्वार्ताका लागि छनोट हुनुभएको छ ।
“मैले मेरो छोरा हो भनेर पहिचान दिएर हुन्थ्यो भने आफैँ संरक्षक बसेर सबैलाई नागरिकता बनाइदिन्थेँ । तर यो एक वा दुई जनाको मात्र विषयभन्दा पनि कानुन परिपालनाको विषय हो,” सांसद निर्मला देवकोटाले यसो भन्दै गर्नुहुँदा अर्को लहरको बिचमा बस्नुभएका १६ वर्षका याकुब विकले सांसद देवकोटाको मुखमा पुलुक्क हेर्नुभयो । “मलाई एक दिनकै लागि भए पनि छोरा बनाइदिएर, जन्मदर्ता दिए हुन्थ्यो,” भन्ने भाव उहाँको अनुहारले पोख्दै थियो ।
‘पैसा छोए पाप लाग्छ’ भने मान्यता राख्ने फिरन्ते टाउटे समुदाय आधुनिक वित्तीय गतिविधिमा प्रवेश गरेका छन् । सरकारले उनीहरूलाई दिने गरेको सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फतै बुझ्न उनीहरू सहमत भएका छन् । त्यसका लागि खाता खोल्न थालिएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा राउटे समुदायका प्रत्येक नागरिकको बैङ्क खातामा जम्मा गर्ने र पछि समुदायमै गएर भत्ता वितरण गर्ने सहमति भएपछि उनीहरू खाता खोल्न सहमत भएका हुन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै भोट किन्न कसैले पैसा बाँडेको थाहा पाएमा तत्काल कार्वाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो ।
नेपालमा पहिलो पटक बिजुलीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा अध्ययन, अनुसन्धान गर्नका लागि प्राज्ञिक निकाय र निजी क्षेत्रबिच सम्झौता भएको छ।
तनहुँमा एक युवकले शुक्रबार दिउँसो २ः १५ चक्कु प्रहार गरी आफ्नो बुबाको हत्या गरेको आरोप लागेको छ।
म्मेदवारदेखि केन्द्रीय स्तरका नेतासमेत नमस्कार गर्दै पसल भित्रै पुग्ने गरेका छन्। सुमित्रा भन्नुहुन्छ, ‘अरुबेला नमस्कार गर्दा नफर्काउने नेता भोटका लागि ढोग्दै आएका हुन्।
कर्णाली प्रदेश सरकारलाई छिटो पूर्णता दिन प्रदेश सभा सदस्यहरुले आग्रह गर्नुभएको छ । सरकारले पूर्णता नपाउँदा सरकारका काम कारवाही प्रभावित बनेको भन्दै प्रदेश सभा सदस्यले छिटो पूर्णता दिन आग्रह गरेका हुन् ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौँ-तराई-मधेश द्रूतमार्गसहित चार वटै उत्तर-दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शतप्रतिशत नै लक्ष्य हाँसिल भइरहेको बताउनुभएको छ ।
जुम्लाको सिञ्जा गाउँपालिका-२ ले वडाभित्रका चार सय घरधुरीलाई घर बीमा गरिएको छ । गत वर्ष असोजमा अबिरल वर्षाले बाढी पहिरो गई यहाँका अधिकांश घरमा क्षति पुगेको थियो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन ‘सिजल’ ले स्वास्थ्यको समृद्धका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताउनुभएको छ।