गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेननी आन्दोलनमा मृत्युवरण गरेका ४५ जना सहिदको सूची सबै जिल्ला प्रशासन कार्यालयमा राख्न निर्देशन दिएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६७ वटा दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ताका लागि मङ्सिर २१ देखि २३ गतेसम्मको समयसीमा तोकेको छ ।
गायक, गीतकार तथा मोडल अशोक बिष्टको स्वर रहेको नयाँ लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक भएको छ । उक्त गीतलाई लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गर्नुभयो ।
रसुवा जिल्लाको कालिका गाउँपालिका –५ मा सोमबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । बिहान करिब ७ः३० बजे बारीमा घाँस काटिरहेका जिवजिवेका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका –५ खाल्चेतका मानबहादुर थिङलाई जङ्गली भालुले आक्रमण गरेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनु भएको छ।
जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानको टोलीसँग भेटघाट तथा छलफल गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा इस्ट बङ्गालले ट्रान्सपोर्ट युनाइटेडलाई ४–० गोलले हरायो ।
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनकारीले क्षति गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निरीक्षण गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वर्रे संघर्षका योद्धा दिवंगत भेषराज ढुंगानाले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने क्रममा देखाएको त्याग, समर्पण र अविचलित प्रतिबद्धता आजको पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताउनुभएको छ ।
वीरगञ्ज महानगरपालिकाले व्यवस्थित तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याएको छ । व्यवस्थित तरकारी तथा फलफूल थोक बजारको अभाव रहेकोमा वीरगञ्जमा आइतबार बजार शुभारम्भ गरिएसँगै अभाव पूरा भएको छ ।
म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानको रुम्मा गाउँमा रहेका मौलिक कला र सिपबाट निर्माण गरिएका घरहरु भत्किन थालेका छन् । बसाइँसराइका कारण घरहरु खाली भएसँगै गाउँको पहिचान मेटिन थालेको हो ।
नेपाली कृषि वैज्ञानिकहरूले उत्पादन गरेको मधु जातको काँक्रोको अनुसन्धान परीक्षण नवलपुरमा सफल भएको छ ।