शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २३ गते । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेननी आन्दोलनमा मृत्युवरण गरेका ४५ जना सहिदको सूची सबै जिल्ला प्रशासन कार्यालयमा राख्न निर्देशन दिएको छ ।
मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र जारी गर्दै सहिदको नाम राख्न निर्देशन दिएको हो । मन्त्रालयले ४५ जनालाई जेनजी सुशासन योद्धा घोषणा गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा तीन दिनभित्र विवरणसहितको नामावली राख्न परिपत्र गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार उक्त निर्णय गर्नुभएको थियो ।