दोलखामा मनाइने रातो मत्स्येन्द्रनाथको जात्रालाई स्थानीय बासिन्दाले बुग्देउ जात्रा भन्छन् । ललितपुरमा मनाइने रातो मत्स्येन्द्रनाथको जात्रालाई काठमाडौँ उपत्यकाका बासिन्दा (नेवार समुदाय) ले बुगंद्यो जात्रा भन्ने गर्छन् । नेपालमा सबभन्दा लामो समयसम्म चल्ने जात्रामध्ये रातो मत्स्येन्द्रनाथको जात्रा पनि एक हो । रातो मत्स्येन्द्रनाथको जात्रा ललितपुर र दोलखामा मात्र मनाइन्छ । यो जात्रा कसरी नेपालमा चल्यो भन्ने सन्दर्भमा एउटा पुरानो जनश्रुति प्रचलनमा सुन्न पाइन्छ । जनश्रुति अनुसार करिब १४०० वर्षअघि नेपालका लिच्छवि राजा नरेन्द्रदेवको पालामा लामो समयसम्म वर्षा नभएर खडेरी परी हाहाकार भएको थियो । किन यस्तो भयो भनी ज्योतिषीलाई देखाउँदा गोरखनाथ बाबा भिक्षाटन गर्दै आउँदा कसैले पनि भिक्षा नदिएको हुनाले गोरखनाथ रिसाएर यहाँका सम्पूर्ण नागलाई आफ्नो वशमा पारी आफ्नो आसन बनाएर ध्यानमा बसेका रहेछन् ।
भीमेश्वर नगरपालिका–७ मकैवारिका किसानहरूले गरेको बेमौसमी रायो साग खेतीबाट करोडौँ आम्दानी गर्न सफल भएका छन् ।
विश्वको जुनसुकै कुनामा बसेका भए पनि नेपाली आखिर नेपाली नै हुन् । तन जता पुगे पनि मन चाहिँ नेपाली नै हुन्छ । नेपालको जनसङ्ख्या झन्डै तीन करोड पुगेको तथ्याङ्क छ । त्यसमध्ये करिब एक करोड त विदेशमा रहेको अनुमान छ । धेरै जसो खाडी र मलेसियामा रोजगारीका लागि गएका छन् । युरोप, अमेरिका र अस्ट्रेलिया जस्ता विकसित मुलुकमा अध्ययन र अन्य प्रयोजनका लागि पनि धेरै नेपाली पुगेका छन् । देशको परिस्थिति वा अन्य कारणले बिदेसिए पनि नेपालीको मन चाहिँ नेपालभित्रै घुमिरहेको पाइन्छ । नेपाली मनको प्रत्यक्ष प्रभाव नेपालीका चाड वा पर्व विशेषमा अनुभूति गर्न सकिन्छ । दसैँ, तिहार होस् वा अन्य चाडपर्वमा विदेशमा रहेका नेपालीले पनि धूमधामसँग कार्यक्रम गर्ने गरेका छन् । कला, धर्म र संस्कृतिमा नेपाल
सुरुमा अनलाइन माध्यमलाई ‘माध्यम’ र त्यहाँ काम गर्नेलाई ‘पत्रकार’ भन्न नहुने बुझाइ थियो । अनलाइन माध्यमको चर्चा र प्रभाव बढिसकेको भए पनि त्यसलाई बेवास्ता गरिन्थ्यो । कतिपय अग्रज पत्रकारकै नकारात्मक धारणा थियो । छापा माध्यम (त्यसमा पनि कुनै कुनै दैनिक) मा कार्यरत अनलाइन मात्र होइन, अन्य छापा माध्यमका पत्रकारलाई समेत गन्थेनन् । राजाको निरङ्कुश शासनकालमा केही अनलाइन माध्यम नेपालमा खोल्न नमिल्ने बनाइएको थियो । अनलाइन माध्यमलाई सरकारी दस्ताबेजमा राख्न धेरै पापड पेल्नु परेको थियो । अनलाइन मिडिया एसोसिएसन, साइबर जर्नालिस्ट एसोसिएसनलगायतको दबाब र सरकारद्वारा
यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् ।
प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको पहिलेकै लागतमा तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ ।
नवीकरणीय ऊर्जाको माध्यमबाट कृषि भूमिमा दिगो सिँचाइ प्रवर्धन गर्ने उद्देश्यले राजधानीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको सहकार्यमा वैशाख १० गतेदेखि १४ गतेसम्म उक्त सम्मेलन गर्न लागेको हो ।
चालु आर्थिक वर्षको नौ महिनामा २८६ उद्योगमा (स्वदेशी र विदेशी) एक खर्ब ६५ अर्ब लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म २८६ उद्योग दर्ता भएका हुन् । जसमा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । चालु आवमा दुई सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा नौ महिनामै लक्ष्यभन्दा बढी २२३ वटा उद्योग दर्ता भएका छन् । ती उद्योगबाट २० हजार १३७ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ ।
नेपालमा पहिलो पटक बिजुलीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा अध्ययन, अनुसन्धान गर्नका लागि प्राज्ञिक निकाय र निजी क्षेत्रबिच सम्झौता भएको छ । शुक्रबार काठमाडौँ विश्वविद्यालय र बुद्धभूमि नेपाल हाइड्रो कम्पनी प्रालिबिच ग्रिन हाइड्रोजनको प्रयोग गरी पुनः बिजुली उत्पादन गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो ।
अमेरिकी डलरको मूल्यले एकपछि अर्को रेकर्ड ब्रेक गर्ने क्रम जारी रहेको छ । शुक्रबार फेरि डलरको विनिमय मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दरका अनुसार शुक्रबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३३ रुपियाँ ९७ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३३ रुपियाँ ३७ पैसामा कारोबार भएको छ । जुन बिहीबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३३ रुपियाँ ९६ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३३ रुपियाँ ३६ पैसामा कारोबार भएको थियो । डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ ।
छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले चैत १५ गतेयता सीमा पास लिने हुम्लावासीको भिड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ ।
सिल्क मार्केट प्रालिले चीन ल्याएको मल अझै कृषि सामग्री कम्पनीलाई हस्तान्तरण गरेको छैन । चीनबाट ल्याएको रासायनिक मल सात महिनादेखि तातो भन्सार कार्यालयमा थन्काएर राखेको छ तर हालसम्म कृषि सामग्री कम्पनीलाई हस्तान्तरण गरेको छैन । कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु पोखरेलले ६/७ महिनादेखि तातोपानी भन्सारमा थन्काएर राखेको मल काठमाडौँ नल्याएको गुनासो गर्नुभयो । चीनबाट ल्याएको २५ सय मेट्रिक टन मलमध्ये एक हजार मेट्रिक टन मल मात्र ल्याइ पु¥याएको छ, अरू बाँकी मल कहिले आउने अत्तोपत्तो नरहेको उहाँले बताउनुभयो । सिल्क मार्केट प्रालिसँग भएको सम्झौता अनुसार २१ हजार मेट्रिक टन मल अझै ल्याएको छैन, उहाँले भन्नुभयो, “पच्चिस सय मेट्रिक टन मल तातोपानी भन्सार कार्यालयमा आएको ६/७ महिना भइसक्यो त्यो हामीलाई हस्तान्तरण गरेको छैन, त्यसबाहेक अरू २१ हजार मेट्रिक टन मल ल्याउनै बाँकी राखेको छ ।”
पोलिमिक्सिन परिवारमा पाँच वटा जीवाणु निरोधक यौगिक पोलिमिक्सिन ए, बी, सी, डी र ई पर्दछन् । यिनीहरूमध्ये कम विषाक्तताको आधारमा पोलिमिक्सिन ‘बी र ई’ लाई जीवाणुबाट हुने कडा सङ्क्रमणको प्रतिरोधमा अन्तिम औषधीका रूपमा प्रयोग गरिन्छ । कोलिस्टिन अथवा पोलिमिक्सिन ई पोलिमिक्सिन वर्गको औषधी हो, जसले जीवाणुको कोषको बाहिरी आवरणलाई अस्थिर बनाएर जीवाणुलाई नष्ट गर्छ । कोलिस्टिन यौगिक सर्वप्रथम सन् १९४७ मा माटोको जीवाणु पेनिब्यासिलस पोलिमिक्साबाट वैज्ञानिकहरू बेनेडिक्ट र लाङलिकले पृथक् गरेका हुन् ।
हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
जप र चिन्तन गर्नेलाई रक्षा गर्ने मानिएकी आराध्या देवी गायत्री मन्त्रकी अधिष्ठात्री हुन् । “गायत्री छन्दमा रचित पवित्र मानिने साँझबिहान जपिने प्रसिद्ध वैदिक मन्त्र” हो भनेर नेपाली शब्दकोशले परिभाषित गरेको छ । मन्त्रलाई गुप्ती कुरो, गोप्य वार्ता, भित्री रहस्य भन्ने गरिन्छ । “देवीदेवताबाट असाधारण शक्ति प्राप्त गर्न जपिने शब्द वा वाक्य” नै मन्त्र हो भनेर शब्दकोशले परिभाषा दिएको छ । टुन्याहा, बोक्सी, भूतप्रेत, सर्प, बिच्छी आदिको विष झार्न झारफुकेले प्रयोग गर्ने, लागल हटाउन झारफुक गर्दा उच्चारण गरिने वचन नै मन्त्र हो । ‘मननात् त्रायते यस्मात्तस्मान्मन्क्त प्रर्कीर्तितः’