सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ।
नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका विद्यालयहरूको वर्गीकरण गर्दै शुल्क समेत निर्धारण गरेको छ ।
बुटवलको जितगढी किल्लामा आजभन्दा २०९ वर्ष अघि नेपाल अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा नेपाली फौजले जित हासिल गरेको स्मरणमा बुटवलमा शुक्रबार विजय उत्सव मनाइएको छ।
माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् ।
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको छ ।
कोशी प्रदेश सभामा पेस भएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएपछि वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने भएको छ ।
नेकपा (एमाले) को वैशाख ८ र ९ गते आयोजना हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत हुँदैछ ।
भन्सार राजस्व छली गरी भित्र्याएको आशङ्कामा पर्सा प्रहरीले वीरगञ्जको आदर्शनगरमा रहेका दुई गोदाममा छापामारी भण्डारण गरी राखेको एक करोड २० लाख रुपियाँ मूल्य बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ ।
गण्डकी प्रदेश सभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।
नेपाली कांग्रेसले प्रदेश सरकारका गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारबाट भएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैर संवैधानिक भएको ठहर गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आम जनताको बिचमा लैजान सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले सटरको भाडा बुझाउन अटेरी गर्ने पाँच सटरमा ताला लगाएको छ । पाँच वटा सटरबाट उपमहानगरले करिब २१ लाख ८५ हजार रकम राजस्व उठाउन बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्वामी चौतारमा अमन गुरुङको ज्यान जानेगरी भएको घटनामा संलग्न रहेको आरोपमा तनहुँ प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
बझाङ, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन् ।