आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्यसहित मोरङ उद्योग व्यापार सङ्घले ‘विराट ट्रेड एक्स्पो २०८२’ आयोजना गर्ने भएको छ । आगामी पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो सञ्चालन गर्ने तयारी गरिएको छ ।
नव युवा समूह (जेनजी)को आन्दोलनको क्रममा भदौ २४ गते तनहुँ कारगारबाट भागेका स्याङ्जाको पुतलीबजार नगरपालिका–९ का २६ वर्षीय ईश्वर दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
रूपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक व्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ को गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ ।
विनासकारी चक्रवातले नित्याएको भारी वर्षापछि हाल देश भरका सबै जलाशयको जलस्तर निरन्तर सामान्य हुँदै गएको श्रीलङ्काको सिँचाइ विभागले सोमबार जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयबाट आइतबारदेखि ‘भन्सार मूल्याङ्कन डाटावेस प्रणाली’को सुरुवात भएको छ । अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीको आइतबार नेपालगन्ज भन्सार कार्यालयमा उद्घाटन गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियल पाहुना टोली सेल्टा भिगोसँग २–० गोलले स्तब्ध बन्यो ।
मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशमा बेथिति रहेकोले बेथिति हटाउँदै सिस्टममा ल्याउने र सुशासन कायम गर्ने पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका भित्रका पाँच ओटा माध्यमिक विद्यालय तीन तारा घोषणा हुने भएको छन् ।
काठमाडौँ उपत्यकामा दिनहुँ तापक्रम घटदै चिसो बढिरहेको भएपनि क्रिकेटको रौनकले वातावरण तताउँदै लगेको पाइएको छ ।
पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मङ्सिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्नुहुनेछ ।
काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाहरु परियोजनामुखी भएकाले सामाजिक अभियानहरु प्रभावकारी नभएको बताउनुभएको छ ।