• २२ मङ्सिर २०८२, सोमबार

रेनुले एसियन युथ पारा गेम्स खेल्ने

blog

काठमाडौँ, मङ्सिर २२ गते । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मङ्सिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्नुहुनेछ । 

राष्ट्रिय खेलकुद परिषद्बाट सञ्चालित मिसन–२०२६ को विशेष प्रशिक्षणमा रहनु भएकी रेनुले के–४४ विधाको ४७ केजीमुनिको तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । 

प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक कविराज नेगी लामा रहनुभएको छ । नेपाली टोली सोमबार राति दुबई प्रस्थान गर्ने छ । रेनेको खेल शुक्रबार रहेको छ । 

नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायत संघका पदाधिकारीले बिदाइ गर्नुभयो । रेनुले यसअघि मलेसियामा सम्पन्न भएको १०औं एशियाली पारा तेक्वान्दो प्रतियोगितामा भाग लिनुभएको थियो ।