• २२ मङ्सिर २०८२, सोमबार

तनहुँ कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ

blog

राधाकृष्ण डुम्रे

वालिङ(स्याङ्जा),मङ्सिर २२ गते । तनहुँ कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ परेका छन् । 

नव युवा समूह (जेनजी)को आन्दोलनको क्रममा भदौ २४ गते तनहुँ कारगारबाट भागेका स्याङ्जाको पुतलीबजार नगरपालिका–९ का २६ वर्षीय ईश्वर दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

ज्यान सम्बन्धी मुद्दाका कैदी दर्जीलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष अप्रेसन टोलीले दर्जीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला कारागार स्याङ्जामा पठाइएको प्रहरीको भनाइ छ ।