गर्मीयाम सुरु भएसँगै जिल्लामा आगलागीका घटना बढेर मानवीय र धनजनको क्षति हुने गरेको छ । सावधानी नअपनाउँदा आगलागीबाट लाखौँ रुपियाँ बराबरको क्षति हुने गरेको छ भने पीडितहरू घरबारविहीन बन्ने गरेका छन् । लमही नगरपालिका–९, तरुलियामा वैशाख ६ गते बिहीबार आगलागी हुँदा एक जना वृद्धको मृत्यु भयो । घरनजिकै रहेको गोठमा बालबालिका खेल्ने क्रममा लागेको आगोका कारण तरुलिया निवासी ८७ वर्षीय वीरबहादुर बोटेको जलेर मृत्यु भएको हो ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा वैशाख १९ र २० गते गर्ने भनिएको लगानी सम्मेलन अनिश्चित बनेको छ । सम्मेलन तयारीका लागि निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठनसमेत गरिएको थियो । आर्थिक, सामाजिक र सुशासन समितिसमेत गठन गरेर काम अघि बढाइएको थियो । चैत २७ देखि प्रदेश योजना आयोग पदाधिकारीविहीन भएपछि लगानी सम्मेलन अनिश्चित बनेको हो । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वको सरकारले वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारलाई कार्ययोजना प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई मन्त्रीपरिषद् बैठकले स्वीकृतसमेत गरेको थियो ।
छोरा हुर्केपछि दुःख गरेर जोडेको खेतबारी
मोरङको रतुवामाई नगरपालिकाले कोरोना समयमा विभिन्न दातृ संस्थाले दिएको अनुदानको खाद्य सामग्री, विभिन्न प्रकारका बीउ विजन रतुवाखोला किनारमा गाडेको भेटिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएको भूमिगत विद्युत् पड्किएपछि माडी नगरपालिका चार दिनदेखि अन्धकार भएको छ । बर्सातमा हरेक वर्ष समस्या आउने भूमिगत विद्युत् वितरणमा यस वर्ष वर्षा नलाग्दै समस्या आएको छ । निकुञ्जको कुन क्षेत्रमा समस्या आएको भन्ने पत्ता नलाग्दा मर्मत गर्न कठिन भएको विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर विनोद सापकोटाले जानकारी दिनुभयो ।
सोहोरेर सारा फूलका रङहरू झारेर सारा ताराका आभाहरू र ओरालेर आकाशबाट इन्द्रेणी तिम्रै मुहारमा राखिदिउँ कि !
गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका( ६, खैरेनीका कमलदिन मियाँका १४ वर्षीय छोरा युवराजदिन मियाँको बडिगाड खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कछुवाहरू पिठ्यूँमा घर बोकेर घिस्रीपिस्री लम्किरहेका छन् भूगोलभरि रातले आफ्नै गर्भबाट ढिकी, जाँतो र ख्याकहरू जन्माइरहेका छन् सही र गलतको लेखाजोखा राख्न नसकेर
मोरङको रतुवामाई नगरपालिका को बडा नम्बर ५ र ६ को बिचमा रहेको कट्नु खोलामा निर्माणाधीन पुलको निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयले विगत ६ वर्ष देखि सास्ती ब्योहोर्दै आएका छन् ।
तथागत बुद्धको जीवनकालको कुरा हो । एकदिन भिक्षु आनन्द भिक्षाटन गर्दै जाँदा तिर्खा लागेर पानी खान पाउने आसले यताउता हेर्दै थिए । उनले एउटी युवती इनारमा पानी तानिरहेकी देखेछन् । भिक्षु आनन्द त्यही गएर युवतीलाई आफू तिर्खाएको बताउँदै पानी दिन आग्रह गर्छन् । युवतीले फर्केर हेर्दा एक जना सुन्दर, शान्त भिक्षु आफ्नो अगाडि उभिरहेको देखेर लजालु आँखाले मुस्कुराउँदै पानी खुवाउने सङ्केत गर्दै टाउको हल्लाउँछिन् । त्यो बेला भिक्षु अन्जुली थापेर पानी खान तयार हुन्छन् भने युवती घैँटो उचालेर पानी खुवाउन ठिक्क पर्छिन् तर एक्कासि युवती झस्किएर भन्न थाल्छिन्, “म पानी खुवाउन सक्दिनँ ।” भिक्षु सोध्छन्, “किन ?” युवती भन्छिन्, “म तल्लो जातको मान्छे, मैले छोएको पानी तपार्इंहरू खानु हुँदैन ।” भिक्षु भन्छन्, “मैले पानी मागेको हो, जात सोधेको होइन ।
झापाको कचनकवलमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ३ जना गम्भीर घाइते हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ ।
बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएका अन्तर्राष्ट्रिय कानुनविद् सूर्य सुवेदीको सङ्घर्ष र सफलताका बारेमा लेखिएको पुस्तक महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म सार्वजनिक भएको छ । लमजुङको विकट गाउँ खुदीदेखि अक्सफोर्डसम्मको सङ्घर्ष यात्रालाई पुस्तकमा सविस्तार उल्लेख गरिएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र बनेपा नगरपालिकाबीच शुक्रबार उक्त भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने सम्झौता भएको हो ।
साहित्यिक चेतको व्यक्ति जहाँ रहे पनि नेपाली मनले नेपाल र नेपालीको विषय राष्ट्रियता र संस्कृतिको विषयमा सोच्छ, लेख्न थाल्छ र बोल्न थाल्छ । अहिले लाखौँ नेपाली नेपालबाहिर फैलिएर नेपाली भाषा, संस्कृति र साहित्यमार्फत नेपाली मौलिकता विस्तार गरिरहेका छन् । कर्मभूमि बदलिए पनि मन र राष्ट्रियता बदलिँदैन । नेपाली डायस्पोराबाट सामान्य वा डायस्पोरिक चेतनासहितको साहित्य विस्तार हुँदै आएको छ । त्यसैले प्रवासी कला साहित्यलाई उपयोग गर्ने विषयले राष्ट्रिय कार्यसूची पाएको छ । प्रवासमा नेपालीको जनसङ्ख्या वृद्धिसँगै साहित्यिक गतिविधि व्यापक रूपमा बढेका छन् । यससम्बन्धी संस्थाहरू जन्मने क्रम पनि अकासिएको छ ।