इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने क्रममा निर्देशक डेभिड बार्निया र डिभिजन प्रमुखहरूको फोरमसँग भेटवार्ता गर्नुभएको छ ।
धरानदेखि ऐतिहासिक साँगुरीगढी जाने पर्यटकीय गन्तव्य श्रम संस्कृति पदमार्ग निर्माणमा धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईको नेतृत्वमा शनिबारदेखि श्रमदान सुरु भएको छ।
नेपालगन्जको राझा चोकमा दिनदहाडै खुडा प्रहार गर्न खोज्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
धरानदेखि ऐतिहासिक साँगुरीगढी जाने पर्यटकीय गन्तव्य श्रम संस्कृति पदमार्ग बनाउन सुरु गरिएको छ ।
तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म १७ हजार पाँच सय ७२ लाई सेवा दिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्नेलाई जनताले छुट दिन नहुने बताउनुभएको छ । इलाम– २ को उपनिर्वाचनका क्रममा इलाम सदरमुकाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले सहकारीमात्र नभएर कुनै पनि ढङ्गबाट राज्यको सम्पत्ति दुरुपयोग गर्ने कसैलाई पनि छुट दिन नहुने बताउनु भयो ।
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो पार्टीले सम्पूर्ण शक्ति लगाउने बताउनुभएको छ ।
यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, सिकारी चराको प्रकोप र रोगव्याधीका कारण मह उत्पादन अनपेक्षित रुपले घटेको हो ।
बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहेपनि नवीकरण हुन नसकेका एक सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेण्डा सुरू गरेको छ । एआईले खेलकुदका लागि प्रदान गर्न सक्ने परिकल्पना गरिएको प्रभाव र आइओसीले कसरी विश्वव्यापी नेतृत्व गर्न चाहन्छ भन्ने कुराको स्थापना गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ ।
प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार बनेका छन् ।
एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबिच थाइल्यान्डको सीमा नजिकैको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र नजिकै पुनः झडपहरू सुरु भएको एक सशस्त्र समूहका प्रवक्ता र थाई सेनाले शनिबार बताएका छन् ।
नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
गौर प्रादेशिक अस्पतालका चिकित्सकहरुले शनिबार रक्तदान गरी रक्त सञ्चार केन्द्र सञ्चालन गरेका छन् । अस्पतालमा रहेको रक्त सञ्चार केन्द्र सञ्चालन गर्न उद्देश्यले गौर प्रादेशिक अस्पालका ५० जना स्वास्थ्यकर्मीले रक्तदान गरेका हुन् ।