सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशका सरकारका कामलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउने भन्नेमा आफूले सोचिरहेको बताउनुभएको छ।
मनाङका नासोँ गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने तीन पक्की मोटरेबलपुल विगत आठ वर्षदेखि अधुरै छन् । नासोँ–६ र ७ नं वडा जोड्ने मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमै सकस हुने गरेको छ भने मोटर तार्न र स्थानीयलाई आवतजावतका लागि साँघु बनाउनुपर्ने बाध्यता छ ।
कृषि मजदुरको अभावले गर्दा रौतहटका अधिकांश किसानले समयमा गहुँबाली भित्र्याउन पाएका छैनन् ।
पूर्वी मकवानपुरको बकैयामा जुरेली रङ्गशाला निर्माणका लागि नगद र जिन्सी सहित डेढ करोड रुपियाँ सङ्कलन भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ ।
निर्माणाधीन तमोर कोरिडोर सडकको ट्रयाकले ओलाङ्चुङगोला बस्तीलाई जोडेसँगै ताप्लेजुङका सबै वडासम्म सडकको पहुँच पुगेको छ।चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको ओलाङ्चुङगोलासम्म भर्खरै तमोर कोरिडोरको ट्रयाक पुगेसँगै जिल्लाका सबै वडामा सडकको पहुँच पुगेको हो ।
पत्रकार महासंघ सुर्खेत शाखाले वर्षेनी वितरण गर्दै आएको युवा पत्रकारिता पुरस्कार –२०८१ बाट गोरखापत्र दैनिकका समाचारदाता नवीन सुवेदी सम्मानित हुनुभएको छ ।
एसीसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोज्नुभएको हो ।
तराईमा बढ्दो गर्मीसँगै अनेकौं किसिमका त्रास पनि बढ्ने गर्छ । गर्मी याम सुरु भएसँगै विभिन्न मानवीय तथा प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुने हुँदा सर्वसाधारणमा त्रास बढ्न थालेको हो ।
म्याग्दीका जङ्गलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा कमी हुँदा मौरीपालक कृषक बढ्दै गए पनि मह उत्पादन भने घट्दै गएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गर्नुभएको छ।
दोलखामा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ जनामध्य एक जनाको शव फेला परेको छ ।
वैशाख १५ को उपनिर्वाचन नजिकिंदै गर्दा जिल्ला निर्वाचन कार्यालय इलाम निर्वाचनमा खटिने कर्मचारीहरु तयारी तथा व्यवस्थापनमा लागेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ । उहाँले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरुङलाई जिम्मेवारी तोक्नुभएको हो ।
रुकुमपश्चिममा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास गरिएको छ ।