नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च अदालत पोखराले बलिदानी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामै राख्न उच्च आदेश दिएको छ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई दृष्टिगत गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ । भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव-२०८०’ मा सात विधामा प्रतिस्पर्धा हुने नगरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
नेपालको निजामती सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५.५ प्रतिशतको दरले बढेको छ ।
बाँकेको डुडुवा गाउँपालिकाका बहुमत सदस्यले हिउँदे गाउँसभा बहिष्कार गरेका छन् । डुडुवा गाउँपालिकाको हिउँदे गाउँसभाका लागि अध्यक्ष नरेन्द्रकुमार चौधरीले मनोमानी गरेको भन्दै नेकपा (एमाले), जसपा र नेपाली काँगे्रसबाट निर्वाचित १८ जना जनप्रतिनिधि सदस्यले सभा बहिस्कार गरेपछि गाउँसभा स्थगित भएको छ ।
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ ।
शिवसताक्षी नगरपालिका-९ स्थित कनकाई नदी किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक र बाह्य पर्यटकको दैनिक लर्को लाग्न थालेको छ ।
सम्मेलनमा भाग लिन बिहीबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल युगाण्डाको कम्पाला आपुगेको हो । प्रधानमन्त्री प्रचण्डले नामको सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ ।
गोरखाको गण्डकी गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुङ्गा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कालाजार रोग जाँच गर्ने किट खरिद गर्न सकेको छैन । कालाजारको जाँच गर्न आरके–३९ किट आवश्यक पर्छ ।
लोकदोहोरी गायिका सीता परियार पछिल्लो समय चर्चासँगै सफलतातर्फ अगाडी बढिरहनुभएको छ ।
स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन् ।
उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ ।
शितलहर र चिसोबाट जोगाउन बाँके जिल्ला कारागार नेपालगन्जमा रहेका कैदी बन्दीहरुका लागि बिहीवार त्रिपाल र दाउरा वितरण गरिएको छ ।