काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६५ असोज २९ गते काभ्रे शिखर आम्बोटे गाउँ विकास समिति वडा नम्बर १ साबिक रोशि गाउँपालिका वडा नम्बर ३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई बोक्सीको आरोपमा कुटपिट गरी फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।
हाल अस्थायी आवासमा बस्दै आएका पहिरो पीडित परिवारलाई स्थायी बसोबासको मिलाउन गाउँपालिकाले पहल सुरु गरेको हो ।
झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेरे ‘नेपाल मण्डल’ पुस्तक लेख्नुभएको छ । करिब १० वर्ष लगाएर उहाँले उक्त पुस्तक लेख्नुभएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कतार र फ्रान्सको नेतृत्वमा गाजामा रहेका सर्वसाधारणलाई थप र अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पुर्याउन र गाजामा बन्धक बनाइएका व्यक्तिहरूलाई अत्यावश्यक औषधि पुर्याउन गरिएको अभियानको स्वागत गर्नुभएको छ ।
बाँकेको ग्रामीण क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिकाको ४ नम्बर वडास्थित बैजापुर गाउँमा सिसी क्यामेरा जडान गरी सुरक्षा निगरानी गर्न सुरु गरिएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योजना निर्माणसँगै काममा लाग्नसके समृद्ध गण्डकी प्रदेश निर्माण गर्न सकिने बताउनुभएको छ । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा भएको अन्तक्र्रियामा मुख्यमन्त्री पाण्डेले आगामी योजना प्रभावकारी बनाइनुपर्ने बताउनुभयो ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दुर्घटनामा परि गम्भिर घाइतेमध्ये दुहुँ गाउँपालिका ५ का ५३ वर्षीय दिलीपबहादुर बमको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि धनगढी रिफर गरिएको र उहाँसँगै सामान्य घाइते भएका बमकै २३ वर्षीय बुहारी कमला बम र ४ वर्षीय नाति हिमान्सु बमलाई पनि धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर भट्टले बताउनुभयो ।
रियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । जोर्डनका लडाकु विमानहरूले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा नौ जनाको मृत्यु भएको जनाइएको छ ।
टर्कीको राष्ट्रिय झण्डावाहक, टर्किस एयरलाइन्स (टिएचआई) ले २०२३ मा देशको अर्थतन्त्रमा ५६ बिलियन अमेरिकी डलर बराबरको योगदान गरेको छ ।
अत्यधिक चिसो बढेर बालबालिका बिरामी पर्न थालेपछि बाँकेका चार वटा पालिकाले आफ्नो कार्य क्षेत्रका विद्यालयमा जाडो बिदा दिएका छन् ।
सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट नै संसद्ले ऐनकानुनद्वारा मार्गनिर्देशन गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाली जनजीवनको चिरपरिचित सांस्कृतिक विम्ब हो, चौतारी । यसलाई चिनाइरहनुपर्ने खाँचो पनि खासै छैन । यद्यपि यसको शास्त्रीय परिभाषासँग पनि परिचित हुनु श्रेयस्कर होला । ‘बृहत् नेपाली शब्दकोश’ (२०५८) ले चौतारीलाई वरपीपल आदिका छाहारीमुनि चारैतिर ढुङ्गा इँटले वा बनेको अग्ला पेटीमा बस्ने व्यवस्था भएको ठाउँ भनी परिभाषित गरेको छ (पृ. ४०९) । चौतारीलाई ठाउँ अनुसार ‘चौतारो’ वा ‘चौतारा’ भन्ने गरिएको पाइन्छ । स्याङ्जालगायत कतिपय भूगोलमा यसलाई ‘चौपारी’ पनि भन्ने गरिन्छ ।
चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दज्र्यानी चिह्न समेत प्रदान गरेको छ ।
पाकिस्तानले बिहीबार इरानको सिस्तान र बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका ठाउँहरूविरुद्ध आक्रमण सुरु गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले बिहीबारबाट आफूहरूले पनि इरानको आतंकवादीहरु लुकेको ठाउँलाई निशाना बनाएर आक्रमण सुरु गरेको बताएको हो ।