वैशाख १५ को उपनिर्वाचन नजिकिंदै गर्दा जिल्ला निर्वाचन कार्यालय इलाम निर्वाचनमा खटिने कर्मचारीहरु तयारी तथा व्यवस्थापनमा लागेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ । उहाँले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरुङलाई जिम्मेवारी तोक्नुभएको हो ।
रुकुमपश्चिममा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास गरिएको छ ।
मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भएपनि अस्पतालले पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरण अभावका कारण बिरामी ‘रिफर’ गर्नुपर्ने बाध्यता रहेको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेका रत्नराजमार्ग अन्तर्गत भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य ।
छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्ने तयारीमा रहनु भएकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित हुनुभएको छ ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुर्खेतको १२ औँ अधिवेशन तथा साधारणसभाको उदघाटन गर्दै उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगतको ठूलो भूमिका रहेको बताउनुभयो ।
बर्दिबास ३ स्थित रातु खोलाको तटवर्ती क्षेत्रमा सिंचाई कुलो निर्माण हुने भएको छ। मधेश प्रदेश सिंचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण हुने कुलोको वडाध्यक्ष विराट विस्टले किसानको सहभागितामा शिलान्यास गर्नुभयो।
सप्तरी लगायत तराई मधेशका किसानले अहिले आ-आफ्ना खेतमा पाकेर भित्र्याउने बेला भएको गहुँ बाली धमाधम काटेर थ्रेसर लगाउन सुरु गरेका छन् ।
कालीगण्डकी गाउँपालिका १ कालावडार र धारादीमा आगलागीले दुई वटा घर र तीन वटा गोठ जलेका छन्। आगलागीले भविस्वर पाण्डे बस्दै आएको टिनले छाएको दुई तले घर र चिरञ्जीवी पाण्डेको खाली कच्ची घर जलेको हो।
नयाँ शैक्षिकसत्रको सुरुआतसँगै सदरमुकामका संस्थागत विद्यालयले उच्चप्राथमिकताका साथ विद्यार्थी भर्ना अभियान चलाइरहेका छन् । अभिभावकको घर पुग्नेदेखि सामुदायिक विद्यालयका विद्यार्थी प्रेरित गर्ने अभियान चलिरहेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७, चिमखोलास्थित घैराबारीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा 'डिजिटल एग्रीकल्चर रूम स्थापना' गरिने भएको छ ।
अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको सिलसिलामा म्याग्दी आउनुभएको थियो ।
महिला समूह तथा सहकारी संस्थाका महिला सदस्यहरुलाई उन्नत जातको बाख्रा सहयोग गरिएको छ ।