• २५ मङ्सिर २०८२, बिहिबार

प्रधानमन्त्री कार्की र सुधन गुरुङबिच भेटवार्ता

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुहुँदै जेनजी अगुवा सुधन गुरुङ । तस्बिर : केशव थापा प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, मङ्सिर २३ गते ।  प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले भेट गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मङ्गलबार भएको  भेटमा गुरुङले सरकार र जेनजीबिच हुन लागेको सम्झौता र प्रगतिबारे चासो राख्नुभयो।

जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उहाँको भनाइ थियो।

यस्तै उहाँले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गर्नुभयो।